"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सेयर बजारमा देखिएन सुधार

प्रकाशित मिति :  16 March, 2023 3:48 pm


काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ।  अघिल्लो कारोबार दिन बुधबार  १४.४४ अंकले घटेको नेप्से आज ५.३२ अंकले घटेको हो। नेप्से निरन्तर ओरालो लागेपछि लगानीकर्ताहरू हेर  र पर्खको अवस्थामा रहेका छन्। बजारले गति लिन नसकेपछि लगानीकर्तामा निराश छाएको छ।

सेन्सेटिभ इण्डेक्स ०.५२ अंकले घटेर ३६४.७८ विन्दुमा अडिएको छ। सामान्य अंकले ओरालो लागेको सेयर बजारमा दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको भयो।

युनिक नेपाल लघुवित्त वित्तीय र शुभम् पावरको सेयर मूल्य १० प्रतिशतले बढेको हो। यसदिन २५८ कम्पनीको  ३४ लाख २ हजार २६७ कित्ता सेयर १ अर्ब १४ करोड १४ लाख ५५ हजार ६२ रुपैयाँमा खरिदबिक्री भयो। यसदिन कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक अग्रस्थानमा रह्यो। सो बैंकको ४ करोड ९४ लाख ९२ हजार  ६१९ रूपैयाँको सेयर खरिदबिक्री भयो।

यसैगरी नविल बैंकको ३ करोड ९६ लाख र हिमालयन डिस्टिलरीको ३ करोड ८३ लाख मूल्य बराबरको सेयर किनबेच भयो। आज कारोबार आएका १३ उपसमूहमध्ये ४ को मूल्य बढ्यो भने ९ को घट्यो। हाइड्रो पावर,इन्भेस्टमेन्ट,अदर्श र ट्रेडिङ उपसमूहको सूचक बढेको हो। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सन् २०२५ को ११ महिना (जनवरी–नोभेम्बर)को अवधिमा मासिक पर्यटक आगमन ९६ हजार ३ सय ८८ रहेको पाइएको छ

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ७७.५१ प्रतिशतले निर्यात बढेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको वैदेशिक

काठमाडौं – असोजमा मासिक भित्रिने रेमिट्यान्समा कीर्तिमानी बनेको छ । एकै महिनामा पहिलो पटक मुलुकमा २ खर्ब रेमिट्यान्स भित्रिएको हो

काठमाडौँ- अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका महत्त्वपूर्ण संरचनाको पुनर्निर्माण दुई महिनापछि सुरु गरिने जानकारी दिएका छन्। सिंहदरबारमा