"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राजस्व छली रोक्न प्रधानमन्त्रीको निर्देशन

प्रकाशित मिति :  ९ चैत्र २०७९, बिहीबार १५:४७


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्तरिक राजश्व कार्यालय,राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागलाई संयुक्त रूपमा बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

बिहीबार दिउँसो सिंहदरबारमा जुत्ता चप्पल व्यवसायीको छलफलमा बोल्दै प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन्। छलफलको क्रममा प्रधानमन्त्रीले भने, “राजश्व छली नियन्त्रण सम्बन्धी जती पनि नीतिगत व्यवस्था छन्। ती सबैलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजानुपर्दछ। बजारको सशक्त र प्रभावकारी अनुगमन गर्न आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागले संयुक्त रूपमा अनुगमन गर्नुहोस्।”

अनुगमनका लागि संयुक्त टोली परिचालन गर्न उहाँको निर्देशन रहेको छ । कच्चा पदार्थ र तयारी पदार्थ वा वस्तुको भन्सार दरमा केही प्रतिशत फरक पर्नेगरी नीतिगत पुनरावलोकन गर्न उनले निर्देशन दिएका हुन् ।

“अवैध आयात नियन्त्रण गर्न राजश्व अनुसन्धान विभाग, सुरक्षा निकाय र स्थानीय प्रशासनले संयुक्त टोली परिचालन गर्नुस्” प्रधानमन्त्रीले भने, “कच्चा पदार्थ र तयारी पदार्थ वा वस्तुको भन्सार दरमा कम्तिमा १० प्रतिशत फरक पर्ने गरी नीतिगत पुनरावलोकन गर्ने तयारी गर्नुस्। सबै सरकारी निकायले स्वदेशी उत्पादनलाई प्रयोग गर्नुपर्ने प्राथमिक नीति निर्धारण गर्नुस्।”

प्रधानमन्त्री प्रचण्डले आन्तरिक बजारको अनुगमन गर्ने गरी व्यवस्था मिलाउनुपर्ने समेत बताए । प्रधानमन्त्रीले भन्नुभयो, “आयातका लागि राष्ट्रिय स्टान्डर्ड तयारी गरी वस्तुको गुणस्तरमा प्रभावकारिता ल्याउने वातावरण बनाउनुस्। छलफल गर्ने, नीति बनाउने तर कार्यान्वयन नगर्ने परिस्थिति अब रहनु हुँदैन। अनुगमन बोर्डरमा मात्र होइन, आन्तरिक बजारको गर्ने व्यवस्था मिलाउनुस्।”

छलफलमा अर्थसचिव तोयम राय, राजश्व सचिव रामप्रसाद घिमिरे, प्रधानमन्त्री कार्यालयका सचिव गणेशप्रसाद पाण्डे, आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनाली, राजश्व अनुसन्धान विभागका महानिर्देशक नारायण सापकोटा, भन्सार विभागका महानिर्देशक चक्र बुढा, प्रधानमन्त्रीको सचिवालयका पदाधिकारी र व्यवसायी उपस्थित थिए।

छलफलमा जुत्ता चप्पल व्यवसायीका प्रतिनिधिले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्नेगरी सरकारले नीति, कार्यक्रम र कार्यान्वयनको पक्षमा ध्यान दिनुपर्ने बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – चालू आर्थिक वर्षको चार महिनाको राजस्व सङ्कलन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ।

म्याग्दी- दुई महिनामा १ लाख ७३ हजार पर्यटकले मुस्ताङको भ्रमण गरेका छन्। असोज र कात्तिक महिनामा १ लाख ४४ हजार १५५

काठमाडौँ – चालु आर्थिक वर्षको तीन महिना (साउन, भदौ र असोज)मा रेमिट्यान्समार्फत ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ मुलुक

मुस्ताङ – मुस्ताङको स्याउको मुख्य बजार पोखरा हो। पोखरामा  यहाँको स्याउको माग बढ्दो क्रममा छ। मुस्ताङमा उत्पादित कूल स्याउको करिब