"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संवैधानिक परिषद् सम्बन्धी विधेयक संसद्मा पेस

प्रकाशित मिति :  26 March, 2023 6:17 pm


काठमाडौं। आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा संवैधानिक परिषद् सम्बन्धी विधेयक पेस भएको छ। आजको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको हो। 

विधेयक सदनमा पेस भएपछि प्रतिनिधि सभाका सदस्यले उठाएका प्रश्नको जवाफ सञ्चारमन्त्री शर्माले दिनुभएको थियो। त्यसपछि सभामुखले विधेयक दफावार छलफलका लागि सदनमा निर्माणार्थ प्रस्तुत गर्नुभयो। उक्त विधेयकलाई विचार गरियोस् भन्ने प्रस्तावलाई सदनले छलफलका लागि पारित गरे लगत्तै सभामुख देवराज घिमिरेले संशोधन प्रस्ताव पेस गर्न सांसदलाई ७२ घण्टाको समय दिनुभएको हो। 

त्यसैगरी, आइतबारकै बैठकमा प्रधानमन्त्रीको एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीको तर्फबाट सञ्चार मन्त्री शर्माले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन विधेयक, २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताव पेस गर्नुभएको छ। 

उक्त प्रस्तावमाथि छलफल जारी छ।  



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- राष्ट्रियसभाबाट ‘चलचित्र विधेयक २०८१’ सर्वसम्मतले पारित भएको छ। सिंहदरबारमा बुधबार बसेको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीको

काठमाडौँ- राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ। सभाको आजको बैठकमा राष्ट्रिय सभामा विचाराधीन

काठमाडौं – राष्ट्रिय सभा बैठकले विभिन्न तीन अध्यादेशलाई स्वीकृत गरेको छ । सिंहदरबारमा सोमबार बसेको बैठकले मतदाता नामावली ऐन, २०७३

काठमाडौँ – आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ । निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम