"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

किन ट्विटरमा फर्कियो चरो ?

प्रकाशित मिति :  7 April, 2023 2:21 pm


एजेन्सी । सामाजिक सञ्जाल ट्विटरको लोगोमा फेरि पनि निलो चरो देखिएको छ। गत सोमबार ट्विटरको लोगोमा चराको साटो एउटा कुकुर देखिएको थियो। आफ्नो लोगो फेरिएकोबारे ट्विटरले सार्वजनिक रूपमा कुनै पनि जानकारी दिएको थिएन।

ट्विटरका मालिक एलन मस्कले चराको साटो कुकुरको आकृति भएको एउटा तस्बिर राखेर त्यसको संकेत गरेका थिए। मस्कले लोकप्रिय क्रिप्टोकरेन्सी कम्पनी- डोजक्वाइनको लोगोलाई ट्विटरमा राखेका थिए।

शुक्रबार भने ट्विटरमा पुरानै लोगोमा रहेको निलो चरो देखिएको छ। यसबारे पनि ट्विटरले आधिकारिक जानकारी दिएको छैन। ट्विटरका मालिक मस्कले आफ्नो एकाउन्टमा नामसँगै भेरिफाइड टिक र निलो चरो राखेका छन्। अरू प्रयोगकर्ताको नाम भएको ठाउँमा यस्तो चरो आउँदैन।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकाय र स्थानीय तहमा कार्यरत कर्मचारीको उपस्थितिको अभिलेख व्यवस्थापनका लागि विद्युतीय हाजिरी

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भ्रामक सूचना सम्प्रेषण नगर्न सबैमा आग्रह गरेको छ। पछिल्लो समय विभिन्न अनलाइन मिडिया तथा

काठमाडौँ– राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाइएको छ। जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका पञ्जीकरणका सूचना एकीकृत

काठमाडौँ — नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका गुनासाहरूका बीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा