"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सीता परियार दलित समुदायकै पहिलो महिला सीडीओ बनिन्

प्रकाशित मिति :  18 February, 2022 7:42 am


काठमाडौँ । गृह मन्त्रालयले हुम्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ)मा सीता परियारलाई खटाएको छ । यसअघि भक्तपुर जिल्ला प्रशासनमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा रहेकी उनलाई मन्त्रालयले हुम्लाको सीडीओ बनाएर पठाएको हो । परियार दलित समुदायबाट सीडीओ बन्ने पहिलो महिला हुन् । 

दलित समुदायका पुरुषहरू यसअघि पनि सीडीओ बनिसकेका छन् । तर, महिला भने निजामती सेवामै कम छन् । कास्कीको रुपा गाउँपालिका–१ स्थायी निवासी परियारले शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी थिइन् । उनी सेवा प्रवेश गरेको दशक बितिसकेको छ । भक्तपुरमा सहायक सीडीओ हुनुअघि उनले तत्कालिन जिल्ला विकास समितिको कार्यालयमा स्थानीय विकास अधिकारीकोरुपमा समेत अनुभव संगालेकी छिन् ।

यसबीचमा उनले तीनवटा उपमहानगरपालिका तथा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा समेत काम गरिन् । उनले धनुषाको जनकपुरधाम उपमहानगरपालिका, काठमाडौंको किर्तिपुर नगरपालिका र चन्द्रागिरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द

काठमाडौं – ट्राफिक प्रहरीले ३१ जनाको सवारी लाइसेन्स निलम्बन गर्न सिफारिस गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ३१ जनाको

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं –  लागुऔषधसम्बन्धी मुद्दा मिलाइदिन्छु भनी ५० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रहरी वरिष्ठ हवल्दारलाई पोखराबाट