"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

परराष्ट्रमन्त्री साउदले लिए शपथ

प्रकाशित मिति :  16 April, 2023 4:29 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।परराष्ट्रमन्त्रीमा एनपी साउदलाई नियुक्त गर्दै प्रचण्डले आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।  साउदले आजै पद तथा गोपनियताको शपथ लिएका छन् ।

सत्तारुढ गठबन्धनमा १० वैशाखको उपचुनावपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी भएको थियो । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावित भारत भ्रमणको तयारीका लागि तत्काल परराष्ट्रमन्त्री नियुक्त गरिएको हो ।

गत पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले १७ चैतमा सातौं पटक मन्त्रिपरिषद विस्तार गरेका थिए । त्यतिबेला ५ वटा मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैं सम्हालेका थिए । साउद परराष्ट्रमन्त्री बनेपछि पनि सरकार अझै अपुरो छ । प्रधानमन्त्री प्रचण्डसँग अझै चार मन्त्रालय बाँकी छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्रीसमेत रहेका स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा

काठमाडौँ – सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश जारी गरेको छ। बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय समितिको निर्वाचनका लागि वर्तमान मन्त्रिपरिषद्का नौ जना सदस्यहरूले