"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

प्रकाशित मिति :  18 April, 2023 1:09 pm


काठमाडौं । राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौत्तमले मंगलबार दिउँसो २ बजेर ३१ मिनेटमा बस्ने भनिएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको सूचना निकालेका छन् ।

बैठक विशेष कारणबस तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रिय सभाको नियमावली अनुसार नै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको सूचनामा उल्लेख छ ।

महासचिव गौतमले राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको निर्देशनमा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको सूचनामै उल्लेख गरेका छन् । ‘…सभाको बैठक अर्को सूचनाबाट तोकिने दिन र समयमा बस्ने गरी सम्माननीय अध्यक्षज्युले निर्धारण गर्नुहुने व्यहोरा माननीय सदस्यहरुका लागि यो सूचना प्रकाशन गरिएको छ,’ महासचिव गौतमले लेखेका छन् ।

यसअघि चैत ३० गतेका लागि बोलाइएको बैठक पनि राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाकै निर्देशनमा स्थगित गरिएको थियो । चैत ३० गतेका लागि बोलाएको बैठक स्थगित भएर वैशाख ४ गतेका लागि तोकिएको थियो ।

वैशाख ४ गतेको राष्ट्रिय सभाको बैठकले वैशाख ५ गते दिउँसो २ बजेर ३१ मिनेटमा अर्को बैठक बस्ने तय गरेको थियो । तर, मंगलबार बैठक बस्ने केही समय अगाडि मात्रै संसद सचिवालयका महासचिव गौतमले सूचना निकालेर बैठक अनिश्चितकालका लागि स्थगित भएको जानकारी गराएका हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्वोच्च अदालतले संसद् विघटन विरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। बुधबार सर्वोच्चको संवैधानिक इजलासले संसद् विघटनविरुद्धको

काठमाडौँ — प्रतिनिधिसभाको हठात् भएको विघटनसँगै ३० वटा विधेयकहरू निष्क्रिय भएका छन् । प्रतिनिधिसभामा उत्पत्ति भएका तथा विचाराधीन रहेका ती

काठमाडौँ – नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि राष्ट्रिय सभाबाट आएको संशोधन प्रतिनिधि सभाबाट बहुमतले स्वीकृत गरेको छ। सभाको बुधबारको

काठमाडौँ- सांसदहरूले चाडपर्व निजिकिएसँगै यातायत सहज रूपमा सञ्चालन गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन्। दसैँतिहारमा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुहरूको चापको मध्यनजर गर्दै