"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मुलुकको व्यापार घाटा पोहोरभन्दा २ खर्ब २३ अर्ब कम

प्रकाशित मिति :  19 April, 2023 7:18 pm


काठमाडौँ । चालु आर्थिक वर्ष चैत मसान्तसम्म मुलुकको व्यापार घाटा पोहोरको तुलनामा २ खर्ब २३ अर्बले कमी आएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यो आर्थिक वर्षको साउनदेखि चैतसम्म मुलुकको कुल व्यापार घाटा १० खर्ब ८३ अर्ब छ । जबकि गत आर्थिक वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा १३ खर्ब ६ अर्ब रुपैयाँ बराबर पुगेको थियो ।

व्यापार घाटा पोहोरको तुलनामा १७ प्रतिशतले कमी भएको हो । पोहोरको तुलनामा आयात नै १८ प्रतिशतले घटेकाले मुलुकको व्यापार घाटामा राहत पुगेको हो । गत आर्थिक वर्षको साउनदेखि चैतसम्म कुल १४ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएकोमा यो वर्षको सोही अवधिमा १२ खर्ब १ अर्ब रुपैयाँको मात्रै आयात भएको छ । विदेशी मुद्रा सञ्चिति घट्दा सरकारले केही महिना गाडी, महँगा मोटरसाइकल तथा स्कुटर, स्मार्टफोन, मदिरा लगायत वस्तुको आयातमा प्रतिबन्ध लगाएकाले कुल आयातमा यसको असर देखिएको हो । गत पुसदेखि मात्रै यी वस्तुको आयात खुलाइएको हो ।

त्यस्तै निर्यात पनि २६ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको साउन–चैतसम्म १ खर्ब ६० अर्ब रुपैयाँ बराबरको वस्तु भारत लगायत अन्य मुलुकमा निर्यात भएको थियो भने यो वर्षको त्यहीं अवधिमा १ खर्ब १८ अर्बको मात्रै निर्यात भएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

ललितपुर – अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।आज ललितपुरमा आयोजित ‘नेपाल पर्यटन गोष्ठी’ मा

काठमाडौँ – सरकारले अर्धवार्षिक समीक्षामार्फत चालू आर्थिक बर्षको बजेट खर्च अनुमान संशोधन गरेको छ। अर्थ मन्त्रालयले मंगलबार अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दैै

काठमाडौँ — सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले छैठौ इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड्स २०२५ मा ‘बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स

काठमाडौं  – सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३ पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको