"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मुलुकको व्यापार घाटा पोहोरभन्दा २ खर्ब २३ अर्ब कम

प्रकाशित मिति :  19 April, 2023 7:18 pm


काठमाडौँ । चालु आर्थिक वर्ष चैत मसान्तसम्म मुलुकको व्यापार घाटा पोहोरको तुलनामा २ खर्ब २३ अर्बले कमी आएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यो आर्थिक वर्षको साउनदेखि चैतसम्म मुलुकको कुल व्यापार घाटा १० खर्ब ८३ अर्ब छ । जबकि गत आर्थिक वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा १३ खर्ब ६ अर्ब रुपैयाँ बराबर पुगेको थियो ।

व्यापार घाटा पोहोरको तुलनामा १७ प्रतिशतले कमी भएको हो । पोहोरको तुलनामा आयात नै १८ प्रतिशतले घटेकाले मुलुकको व्यापार घाटामा राहत पुगेको हो । गत आर्थिक वर्षको साउनदेखि चैतसम्म कुल १४ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएकोमा यो वर्षको सोही अवधिमा १२ खर्ब १ अर्ब रुपैयाँको मात्रै आयात भएको छ । विदेशी मुद्रा सञ्चिति घट्दा सरकारले केही महिना गाडी, महँगा मोटरसाइकल तथा स्कुटर, स्मार्टफोन, मदिरा लगायत वस्तुको आयातमा प्रतिबन्ध लगाएकाले कुल आयातमा यसको असर देखिएको हो । गत पुसदेखि मात्रै यी वस्तुको आयात खुलाइएको हो ।

त्यस्तै निर्यात पनि २६ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको साउन–चैतसम्म १ खर्ब ६० अर्ब रुपैयाँ बराबरको वस्तु भारत लगायत अन्य मुलुकमा निर्यात भएको थियो भने यो वर्षको त्यहीं अवधिमा १ खर्ब १८ अर्बको मात्रै निर्यात भएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सन् २०२५ को ११ महिना (जनवरी–नोभेम्बर)को अवधिमा मासिक पर्यटक आगमन ९६ हजार ३ सय ८८ रहेको पाइएको छ

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ७७.५१ प्रतिशतले निर्यात बढेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको वैदेशिक

काठमाडौं – असोजमा मासिक भित्रिने रेमिट्यान्समा कीर्तिमानी बनेको छ । एकै महिनामा पहिलो पटक मुलुकमा २ खर्ब रेमिट्यान्स भित्रिएको हो

काठमाडौँ- अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका महत्त्वपूर्ण संरचनाको पुनर्निर्माण दुई महिनापछि सुरु गरिने जानकारी दिएका छन्। सिंहदरबारमा