"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भन्सारका कर्मचारीलाई इमान्दारिताका साथ पारदर्शी भएर काम गर्न अर्थमन्त्री महतको निर्देशन

प्रकाशित मिति :  27 April, 2023 12:22 pm


विराटनगर । अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सारका कर्मचारीलाई इमान्दारिताका साथ पारदर्शी भएर काम गर्न निर्देशन दिएका छन्। आज (बिहीबार) विराटनगर पुगेका उनले विराटनगर भन्सार कार्यालयको निरीक्षणपछि अनुचित काम गर्ने छुट कसैलाई नभएका हुन्।

‘तपाईंहरू राज्यको राजस्व संलन जस्तो संवेदनशील सेवामा हुनुहुन्छ। कुनै पनि तहमा माथि देखाएर आफ्नो जिम्मेवारीको दुरुपयोग गर्ने अथवा अनुचित काम गर्ने छुट कसैलाई छैन,’ उनले भने, ‘भन्सार चुहावट गर्ने प्रवृत्तिलाई हामी क्षमा दिँदैनौँ, मलाई विश्वास छ यहाँहरूले राम्रो गर्न कोसिस गरिराख्नु भएको छ र आगामी दिनमा झन् राम्रो गर्नुहुनेछ।’

मन्त्री डा. महतले कर्मचारीको मूल्यांकन कामका आधारमा हुने पनि स्पष्ट पारे। उनले भने, ‘कर्मचारीले आफ्नो जिम्मेवारी इमान्दारिताका साथ पारदर्शी रूपमा पूरा गर्नुहुनेछ।’

उनले यो आर्थिक वर्षको असारसम्ममा भन्सार असुलीको प्रतिशत निकै बढ्ने आफूले अपेक्षा गरेको पनि बताए। तर राजस्व बढाउने नाममा करदातालाई अनावश्यक दुःख नदिन पनि उनले निर्देशन दिए।

‘समग्रमा हामी पारदर्शीताका साथ काम गरौँ, सेवाग्राहीलाई सहज र सौहार्दपूर्ण वातावरण निर्माण गरौँ, नियम कानुनअनुसार काम गरौँ हामीले गर्नुपर्ने काममा सम्झौता नगरौँ,’ उनले भने।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सन् २०२५ को ११ महिना (जनवरी–नोभेम्बर)को अवधिमा मासिक पर्यटक आगमन ९६ हजार ३ सय ८८ रहेको पाइएको छ

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ७७.५१ प्रतिशतले निर्यात बढेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको वैदेशिक

काठमाडौं – असोजमा मासिक भित्रिने रेमिट्यान्समा कीर्तिमानी बनेको छ । एकै महिनामा पहिलो पटक मुलुकमा २ खर्ब रेमिट्यान्स भित्रिएको हो

काठमाडौँ- अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका महत्त्वपूर्ण संरचनाको पुनर्निर्माण दुई महिनापछि सुरु गरिने जानकारी दिएका छन्। सिंहदरबारमा