"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भारतमा उपचारपछि फर्किए सांसद चन्द्र भण्डारी

प्रकाशित मिति :  30 April, 2023 9:39 pm


काठमाडौँ । भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी आइतबार स्वदेश फर्किएका छन् । उनको अवस्था सुधार हुँदै आएपछि भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरले उनलाई डिस्चार्ज गरेपछि उनी आइतबार नेपाल फर्किएका हुन् ।

गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भएका भण्डारी स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्किएका हुन् ।

उनले प्रेस नोट जारी गर्दै आगामी दिनमा आगलागीबाट हुने घटनाहरू कम गर्न नीति निर्माणका तहमा आवाज उठाउने बताए । प्रेस नोटमा उनले अबका दिनमा आगलागी नियन्त्रणका लागि अभियान नै चलाउने उल्लेख गरेका छन् । उनले ‘कुनै नेपालीले आगोमा जल्नु नपरोस्‚ आगलागीमा परेको कुनै पनि नेपालीले मर्न नपरोस्’ अभियान आफूले सञ्चालन गर्ने लेखेका छन् ।

पछिल्लो समय भण्डारीको स्वास्थ्यमा सुधार आएको छ । उनी बोल्ने र हिँड्ने गर्न थालेका छन् । नेपाल फर्केसँगै भण्डारी घरमा बसेर फिजियोथेरापी गर्नुका साथै पोलेको घाउ ड्रेसिङ गर्न अस्पताल जानेछन् ।

आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो । भण्डारीलाई सोही दिन थप उपचारका लागि एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सरकारले अनावश्यक र कार्यबोझ भएका ३१ वटा सरकारी निकाय खारेज गरेको छ । त्यस्तै १८ वटा निकायको पुनर्संरचना र छ

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी