"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भारतमा उपचारपछि फर्किए सांसद चन्द्र भण्डारी

प्रकाशित मिति :  30 April, 2023 9:39 pm


काठमाडौँ । भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी आइतबार स्वदेश फर्किएका छन् । उनको अवस्था सुधार हुँदै आएपछि भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरले उनलाई डिस्चार्ज गरेपछि उनी आइतबार नेपाल फर्किएका हुन् ।

गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भएका भण्डारी स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्किएका हुन् ।

उनले प्रेस नोट जारी गर्दै आगामी दिनमा आगलागीबाट हुने घटनाहरू कम गर्न नीति निर्माणका तहमा आवाज उठाउने बताए । प्रेस नोटमा उनले अबका दिनमा आगलागी नियन्त्रणका लागि अभियान नै चलाउने उल्लेख गरेका छन् । उनले ‘कुनै नेपालीले आगोमा जल्नु नपरोस्‚ आगलागीमा परेको कुनै पनि नेपालीले मर्न नपरोस्’ अभियान आफूले सञ्चालन गर्ने लेखेका छन् ।

पछिल्लो समय भण्डारीको स्वास्थ्यमा सुधार आएको छ । उनी बोल्ने र हिँड्ने गर्न थालेका छन् । नेपाल फर्केसँगै भण्डारी घरमा बसेर फिजियोथेरापी गर्नुका साथै पोलेको घाउ ड्रेसिङ गर्न अस्पताल जानेछन् ।

आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो । भण्डारीलाई सोही दिन थप उपचारका लागि एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी