"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बेलायती राजाको राज्याभिषेकमा २२०० भन्दा बढी पाहुना सहभागी हुने

प्रकाशित मिति :  2 May, 2023 9:34 am


एजेन्सी । बेलायतका नयाँ राजा चार्ल्सको आउने शनिबार राज्याभिषेक हुँदैछ। समाचार संस्था रोयटर्सका अनुसार उक्त राज्याभिषेक समारोहमा संसारभरिबाट २२०० भन्दा बढी पाहुना सहभागी हुने भएका छन्।

वेस्टमिनिस्टर अबेमा हुने राज्याभिषेक समारोहमा २०३ देशका राष्ट्र/सरकार प्रमुख, परराष्ट्र मन्त्री सहभागी हुने बकिङहम प्यालेसले जनाएको छ। विभिन्न धार्मिक र सामाजिक संस्थाका प्रतिनिधि पनि राज्याभिषेकमा सहभागी हुनेछन्।

नेपालका तर्फबाट राजा चार्ल्सको राज्याभिषेकमा परराष्ट्र मन्त्री एनपी साउद सहभागी हुने भएका छन्। त्यसका लागि उनी बिहीबार बेलायत प्रस्थान गर्दैछन्। महारानी एलिजावेथको गत सेप्टेम्बरमा निधन भएपछि चार्ल्स बेलायतका राजा बनेका हुन्।

एलिजावेथको राज्याभिषेक सन् १९५३ मा यही ठाउँमा भएको थियो। त्यतिबेला ८२०० भन्दा बढी पाहुना राज्याभिषेकमा सहभागी भएका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार

काठमाडौं – गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाका पूर्वअध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध

काठमाडौँ – चम्पादेवी गाउँपालिका, ओखलढुङ्गाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद सुवेदीसहित दुई जनाविरुद्ध १८ लाख ५० हजार रुपियाँको भ्रष्टाचार