"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमालेका सचिव टोपबहादुर रायमाझी र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी

प्रकाशित मिति :  3 May, 2023 4:34 pm


काठमाडौँ । नेकपा एमालेका सचिव तथा पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने ठगी धन्दा गरेको प्रकरणमा मुछिएपछि रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरी स्रोतले जानकारी दिएको छ।  बुधबार काठमाडौँ प्रहरीले जिल्ला अदालत काठमाडौ‍ँबाट उनीहरूविरुद्ध पक्राउ पुर्जी लिएको हो ।

यसअघि आज (बुधबार) मात्रै यही प्रकरणमा मुछिएका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई प्रहरीले पक्राउ गरेको थियो। प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पनि पक्राउ गरिसकेको छ।

त्यस्तै यो प्रकरणमा इन्द्रजितका छोरा निरज र बादलका छोरा प्रतीकविरुद्ध पनि प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छ।

प्रहरीले ललितपुर महानगरपालिका-२३ का वर्षीय सानु भण्डारी, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भएका ४९ वर्षीय केशवप्रसाद दुलाल, पाँचथरको फिदिम नगरपालिका–७ घर भएका ४५ वर्षीय टंककुमार गुरुङ, दाङ घर भएका सन्देश शर्मा, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का पूर्ववडाध्यक्ष सागर राईलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सरकारले अनावश्यक र कार्यबोझ भएका ३१ वटा सरकारी निकाय खारेज गरेको छ । त्यस्तै १८ वटा निकायको पुनर्संरचना र छ

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी