"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मेयरमा २१ वर्षीय युवा उदयकाे उम्मेदवारी घाेषणा

प्रकाशित मिति :  18 February, 2022 2:04 pm


कैलाली । आसन्न स्थानीय तहको निर्वाचनमा लम्की चुहा नगरपालिकाको मेयरमा स्थानीय युवा उदय भाटले स्वतन्त्र उम्मेदवारी घाेषणा गरेका छन् । स्थानीय स्तरमा समाजिक गतिविधिमा सक्रिय २१ वर्षीय भाटले राजनीति र नेतृत्वप्रति व्याप्त वितृष्णा बदल्नका लागि स्वतन्त्र रुपमा राजनीतिमा सक्रिय भएकाे भन्दै उम्मेदवारी घाेषणा गरेका हुन् ।

लम्कि बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत भाट सामाजिक काममा सक्रिय भएका कारण युवाहरु माझ लाेकप्रिय छन् । असहाय बालबालिकाहरूको लागी सहारा बन्दै आएका, आर्थिक अबस्था कमजोर भै उपचार गराउन नसक्ने ब्यक्तिको लागी सहयोग अभियान सन्चालन गरी पीडितलाई सहयोग गर्ने गरेका छन ।

“यो समय समाजमा फरक सोच राख्ने व्यक्तिहरुको लागि पनि सर्वेक्षणको समय हो । यो समय मत मात्रै हाेइन मनको सर्वेक्षण गर्ने पनि समय हो,” भाटले भने, “नतिजाले प्रभाव पक्कै पार्ने छैन, तर फरक चाहनेहरुको लागि एउटा समय हो त्यसैले पनि मैले उम्मेदवारीको घोषणा गरेको छु ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको छ । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क

काठमाडौँ- नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालयमा भएको निर्वाचनमा बादल निर्विरोध

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाका निर्वाचन क्षेत्रहरूका लागि आफ्ना उम्मेदवार टुङ्ग्याएको छ । साेमबार चक्रपथको एक होटलमा बसेको संसदीय बोर्डको

काठमाडौँ- नेपालले आईसीसी टी–२० विश्वकपमा स्थान सुनिश्चि गरेको छ। आगामी वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने टी–२० विश्वकपको १०