"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रिय कविता महोत्सवका लागि कविता पठाउन आह्वान

प्रकाशित मिति :  4 May, 2023 12:27 pm


काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव गर्ने भएको छ। असार ९ गते प्रतिष्ठानको ६६ औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय कविता महोत्सव गर्न लागेको हो।

प्रतिष्ठानले सूचना सार्वजनिक गर्दै महोत्सवका लागि कविता पठाउन आह्वान गरेको छ।

कविहरूले जेठ २० गतेभित्र प्रतिष्ठानमा उपस्थित भई वा इमेलमार्फत कविता पठाउन सक्ने प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका अनुसार नेपालका सबै भाषा र मातृभाषामा लेखिएको कविता स्वीकार्य हुने छ। प्रतिष्ठानलाई प्राप्त कवितामध्ये उत्कृष्ट १० कविता वाचनका लागि छनोट गरिनेछ।

छानिएका १० कवितालाई १५ हजार रुपैयाँ नगद राशिसहित कदर-पत्रले सम्मान प्रष्ठिानले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — ११ वर्षीय बाल कथाकार नीतिक आचार्यको बाल कथासंग्रह ‘कङ्गारुको एकता’ सार्वजनिक भएको छ । उनको यो पहिलो एकल

काठमाडौं – अभिनेता राजेश हमालको पुस्तक युगदेखि युगसम्म सार्वजनिक भएको छ । शनिबार काठमाडौंका कमलादीस्थीत प्रज्ञा डवलीमा अभिनेता हमाल लगायतले

काठमाडौं – साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट

काठमाडौँ- काव्यकार डा. नवराज लम्सालको चौथो महाकाव्य ‘कल्प’ लोकार्पण गरिएको छ। शिखा बुक्सद्वारा आज (शुक्रबार) यहाँ आयोजित कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री