"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

प्रकाशित मिति :  4 May, 2023 5:09 pm


काठमाडौँ । नवनियुक्त तीन मन्त्रीहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार मन्त्रिपरिषद् विस्तार गर्दै नेपाली कांग्रेसबाट धनराज गुरुङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बूलाई मन्त्री बनाएका थिए । गुरुङ कानुन न्याय तथा संसदीय मामिला, बस्नेत स्वास्थ्य तथा जनसंख्या र लिम्बू युवा तथा खेलकुद मन्त्री बनेका हुन् ।

उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार शीतल निवासमा पद तथा गोपनियताको शपथ गराएका हुन् । यससँगै वर्तमान सरकारमा कांग्रेसबाट मन्त्रीको संख्या आठ पुगेको छ भने अझै दुई मन्त्रालय रिक्त छन् ।रिक्त रहेका खानेपानी र वन तथा वातावरण मन्त्रालय प्रधानमन्त्री दाहालले आफैँसँग राखेका छन् ।

शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी