"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नवनियुक्त मन्त्री आचार्यले लिए शपथ

प्रकाशित मिति :  7 May, 2023 2:00 pm


काठमाडौँ ।नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन्।

शीतलनिवासमा आइतबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले आचार्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे लगायत संवैधानिक अंगका प्रमुख र पदाधिकारीहरूको उपस्थिति थियो।

कांग्रेस सांसद आचार्यलाई आइतबार नै मन्त्री नियुक्त भएका थिए। आचार्य कपिलवस्तु-२ बाट विजयी भएका हुन्। कपिलवस्तुका का‌ंग्रेसका पुराना नेता आचार्यले मंसिरमा भएको चुनावमा एमालेका ब्रिजेश गुप्तालाई पराजित गरेका थिए। दुई कार्यकाल कांग्रेसका जिल्ला सभापति भएका आचार्य २०७४ को निर्वाचनमा गुप्तासँग पराजित भएका थिए।

आचार्य अहिले कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री छन्। पार्टीमा शेखर कोइराला पक्षधर रहेका आचार्य २०७० को दोस्रो संविधानसभाको सदस्य पदमा निर्वाचित भई तीन महिना सिँचाइ राज्यमन्त्री बनेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सरकारले अनावश्यक र कार्यबोझ भएका ३१ वटा सरकारी निकाय खारेज गरेको छ । त्यस्तै १८ वटा निकायको पुनर्संरचना र छ

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी