"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद्‍मा अमरेशकुमार सिंहको लुगा खोलेर उपद्रो

प्रकाशित मिति :  8 May, 2023 12:21 pm


काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले लुगा फुकालेका छन्। उनले लुगा खोलेपछि सभामुख देवराज घिमिरेले चेतावनी दिएका छन्।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा अनुशासित व्यवहार नदेखाएको भन्दै घिमिरेले चेतावनी दिएका हुन्।

सांसद सिंहले प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ सम्बोधन गर्न पाउनुपर्ने माग गरेका थिए। तर सभामुखले बैठकमा आकस्मिक समय र विशेष समय नरहेको र बैठक नियमित कारबाहीमा जाने भनेसँगै सांसद सिंहले सर्ट र भित्री गन्जी खोली विरोध जनाएका हुन्।  सभामुख घिमिरेले बैठक कार्य सञ्चालनसम्बन्धी नियमावली स्मरण गराउँदै बैठकको नियमित सञ्चालनका लागि सघाउन आग्रह गरेका थिए।

सोही क्रममा सांसद सिंहले लुगा फुकालेर विरोध जनाएका हुन्। सभामुखको चेतावनीपछि  उनले लुगा लगाएका थिए। अहिले संसद्को नियमित गतिविधि सुरु भएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्वोच्च अदालतले संसद् विघटन विरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। बुधबार सर्वोच्चको संवैधानिक इजलासले संसद् विघटनविरुद्धको

काठमाडौँ — प्रतिनिधिसभाको हठात् भएको विघटनसँगै ३० वटा विधेयकहरू निष्क्रिय भएका छन् । प्रतिनिधिसभामा उत्पत्ति भएका तथा विचाराधीन रहेका ती

काठमाडौँ – नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि राष्ट्रिय सभाबाट आएको संशोधन प्रतिनिधि सभाबाट बहुमतले स्वीकृत गरेको छ। सभाको बुधबारको

काठमाडौँ- सांसदहरूले चाडपर्व निजिकिएसँगै यातायत सहज रूपमा सञ्चालन गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन्। दसैँतिहारमा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुहरूको चापको मध्यनजर गर्दै