"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद्‍मा अमरेशकुमार सिंहको लुगा खोलेर उपद्रो

प्रकाशित मिति :  8 May, 2023 12:21 pm


काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले लुगा फुकालेका छन्। उनले लुगा खोलेपछि सभामुख देवराज घिमिरेले चेतावनी दिएका छन्।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा अनुशासित व्यवहार नदेखाएको भन्दै घिमिरेले चेतावनी दिएका हुन्।

सांसद सिंहले प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ सम्बोधन गर्न पाउनुपर्ने माग गरेका थिए। तर सभामुखले बैठकमा आकस्मिक समय र विशेष समय नरहेको र बैठक नियमित कारबाहीमा जाने भनेसँगै सांसद सिंहले सर्ट र भित्री गन्जी खोली विरोध जनाएका हुन्।  सभामुख घिमिरेले बैठक कार्य सञ्चालनसम्बन्धी नियमावली स्मरण गराउँदै बैठकको नियमित सञ्चालनका लागि सघाउन आग्रह गरेका थिए।

सोही क्रममा सांसद सिंहले लुगा फुकालेर विरोध जनाएका हुन्। सभामुखको चेतावनीपछि  उनले लुगा लगाएका थिए। अहिले संसद्को नियमित गतिविधि सुरु भएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- राष्ट्रियसभाबाट ‘चलचित्र विधेयक २०८१’ सर्वसम्मतले पारित भएको छ। सिंहदरबारमा बुधबार बसेको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीको

काठमाडौँ- राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ। सभाको आजको बैठकमा राष्ट्रिय सभामा विचाराधीन

काठमाडौं – राष्ट्रिय सभा बैठकले विभिन्न तीन अध्यादेशलाई स्वीकृत गरेको छ । सिंहदरबारमा सोमबार बसेको बैठकले मतदाता नामावली ऐन, २०७३

काठमाडौँ – आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ । निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम