"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भुटानी शरणार्थी प्रकरणको सत्यतथ्य बाहिर ल्याउन सांसदको माग

प्रकाशित मिति :  9 May, 2023 12:58 pm


काठमाडौँ । राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई जघन्य र मानव तस्करी अपराधका रूपमा गम्भीर ढंगले छानबिन गर्नुपर्ने बताएकी छिन्। 

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा उनले यस्तो माग गरिन्। उनले जनता वास्तविकता र सत्यतथ्य बुझ्न चाहिरहेको उल्लेख गर्दै अपराधलाई संरक्षण गर्नु नहुने बताइन्। उनले भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय रूपमा नै नेपालको छवि नराम्रो बनाएको उनको तर्क थियो। 

उनले प्रकरणबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याई दोषीलाई कारबाही गर्न माग गरिन्। सदस्य देवकोटाले जनतालाई यस घटनाबारे सत्यतथ्य बुझाउनुपर्ने बताइन्।

राष्ट्रिय सभा सदस्य दीपा गुरुङले क्यान्टाेनमेन्ट काण्डबारे छानबिन गर्न माग गरिन्। उनले लामो समयबाट भ्रष्टाचारको काण्डैकाण्ड देशमा छाएको उल्लेख गरिन्। उनले क्यान्टाेनमेन्टको काण्डलाई न्यायसंगत रूपमा छानबिन गर्न आग्रह गरिन्। 

त्यस्तै, राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले हालसम्मका सबै प्रधानमन्त्री, मन्त्री र सांसद, कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न माग गरे। उनले भ्रष्टाचारविरुद्ध कडा एक्सन सुरु गर्न पनि आग्रह गरे।  उनले सदाचारको नीति प्रधानमन्त्री कार्यालयबाट नै प्रारम्भ गर्न र आर्थिक मन्दीको समयमा तलबबाहेकका सबै सुविधा कटौती गर्न माग गरे।  



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- राष्ट्रियसभाबाट ‘चलचित्र विधेयक २०८१’ सर्वसम्मतले पारित भएको छ। सिंहदरबारमा बुधबार बसेको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीको

काठमाडौँ- राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ। सभाको आजको बैठकमा राष्ट्रिय सभामा विचाराधीन

काठमाडौं – राष्ट्रिय सभा बैठकले विभिन्न तीन अध्यादेशलाई स्वीकृत गरेको छ । सिंहदरबारमा सोमबार बसेको बैठकले मतदाता नामावली ऐन, २०७३

काठमाडौँ – आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ । निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम