"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री र सभामुखबीच बालुवाटारमा भेटवार्ता

प्रकाशित मिति :  16 May, 2023 11:58 am


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच मंगलबार भेटवार्ता भएको छ। भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले सरकारले शुक्रबार (जेठ ५ मा) नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको बताएको सभामुखको सचिवालयले जानकारी दियो।

‘आजबाट समितिहरूको बैठक सुरू भएपछि संसद्ले लय समातेको छ।संसदमा विचाराधिन विधेयकहरू टुंगो लगाउन अब सहज हुने अपेक्षा गरेको छु,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दैै सचिवालयले भन्यो, ‘सभामुखका तर्फबाट संसद् सञ्चालनका लागि सबै दलसँग समन्वय र सहकार्यको जुन प्रयास गर्नुभएको छ, त्यो सराहनीय छ। सरकारकाले जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको जानकारी गराउँदछु।’

जवाफमा सभामुख घिमिरेले सदन सञ्चालनका लागि सरकार र राजनीतिक दल अपेक्षित सहयोग भएको भन्दै खुसी व्यक्त गरेका थिए। 

‘आजबाट समितिको बैठकहरू उत्साहपूर्ण रूपमा सुरु भएका छन्। संसद सचिवालयले नीति तथा कार्यक्रम र बजेटको तयारी गरिसकेको छ,’ सभामुखको भनाइ उद्धृत गर्दै सचिवालयले भन्यो।

भेटमा सभामुखले सदनमा उठेका विषयमा सरकारको जवाफ नपाएको सांसद्हरूको गुनासो पनि प्रधानमन्त्री प्रचण्डलाई सुनाएका थिए।

‘प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिनुहुन्छ भन्ने विश्वास लिएको छु,’ सभामुखको भनाइ उद्धृत गर्दै सचिवालयले भन्यो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबिच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन् । अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले आज (बिहीबार) शुभकामना