"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्रीले आगामी नीति तथा कार्यक्रमका लागि सुझाव मागे

प्रकाशित मिति :  16 May, 2023 6:04 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रममा संलग्न गर्नुपर्ने विषयमा सत्ता साझेदार दलहरुसँग सुझाव माग गरेका छन् । सिंहदरबारमा मंगलबार भएको सत्तारुढ दलहरूको बैठकमा प्रधानमन्त्री दाहालले शुक्रबार प्रस्तुत गरिने नीति तथा कार्यक्रमका लागि लिखित सुझाव माग गरेका हुन् ।

‘प्रधानमन्त्रीले सुझावका लागि आजको बैठक बोलाउनु भएको हो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, ‘महत्त्वपूर्ण सुझावहरु लिखित रुपमै दिनका लागि आग्रह गर्नु भएको छ ।’

बैठकमा नेताहरुले कृषि तथा पर्यटनमा रोजगारी सिर्जना गर्ने नीति ल्याउन सुझाव दिएका थिए । त्यसैगरी विदेशिएका युवा तथा विद्यार्थीलाई स्वदेशमै रोक्न र जनशक्ति पलायन रोक्नका लागि आवश्यक कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, राजमोका अध्यक्ष चित्रबहादुर केसी, उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठसहितका नेताहरुको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – देश भरका ११५ क्षेत्रमा मतगणना चलिरहेको छ । बाकि क्षेत्रमा पनि सर्वदलिय बैठकहरु बस्ने तयारीमा छ । कतिपय

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन २१ गते हुनगइरहेको निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मतदान गर्न अपिल गरेकी छन्। सोमबार

काठमाडौँ – मध्यपूर्वी क्षेत्रमा उत्पन्न तनावबारे मन्त्रिपरिषद बैठक बसेको छ। आइतबार साँझ परराष्ट्र मन्त्री बालानन्द शर्माले नेपाललाई परेको प्रभाव, त्यसबारे