"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्रीले आगामी नीति तथा कार्यक्रमका लागि सुझाव मागे

प्रकाशित मिति :  16 May, 2023 6:04 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रममा संलग्न गर्नुपर्ने विषयमा सत्ता साझेदार दलहरुसँग सुझाव माग गरेका छन् । सिंहदरबारमा मंगलबार भएको सत्तारुढ दलहरूको बैठकमा प्रधानमन्त्री दाहालले शुक्रबार प्रस्तुत गरिने नीति तथा कार्यक्रमका लागि लिखित सुझाव माग गरेका हुन् ।

‘प्रधानमन्त्रीले सुझावका लागि आजको बैठक बोलाउनु भएको हो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, ‘महत्त्वपूर्ण सुझावहरु लिखित रुपमै दिनका लागि आग्रह गर्नु भएको छ ।’

बैठकमा नेताहरुले कृषि तथा पर्यटनमा रोजगारी सिर्जना गर्ने नीति ल्याउन सुझाव दिएका थिए । त्यसैगरी विदेशिएका युवा तथा विद्यार्थीलाई स्वदेशमै रोक्न र जनशक्ति पलायन रोक्नका लागि आवश्यक कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, राजमोका अध्यक्ष चित्रबहादुर केसी, उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठसहितका नेताहरुको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी