"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

प्रकाशित मिति :  18 May, 2023 6:45 pm


काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले रिजाललाई बिहीबार काठमाडौंबाट पक्राउ गरेको जानकारी दिए। 

नक्कली शरणार्थी प्रकरणमा रिजालको भूमिका के हो भन्ने प्रहरीले खुलाएको छैन। स्रोतका अनुसार नक्कली भुटानी शरणार्थी बनाउने गिरोहसँग  रिजालको आर्थिक लेनदेन देखिन्छ। पछिल्लो समय रिजाल झापामा बस्थे।

‘उनीसँग पनि गिरोहका मानिसको आर्थिक लेनदेन देखिएपछि सोधपुछका लागि बोलाएका थियौं,’ प्रहरी स्रोतले भन्यो,‘उनी आफैं प्रहरी कार्यालयमा पुगेपछि पक्राउ गरेका हौं।’ रिजालले लामो समयसम्म भुटानी शरणार्थीको नेताका रूपमा काम गरेका थिए। 

आजै यो प्रकरणमा प्रहरीले नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई पक्राउ गरेको थियो। पक्राउ परेका नेकपा (एमाले) सांसद टोपबहादुर रायमाझीसँग मियाँको निकट सम्बन्ध थियो। त्यही सम्बन्धका आधारमा मियाँ २०७५ पुसमा हज समितिको अध्यक्षमा नियुक्त भएका थिए। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी