"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

प्रकाशित मिति :  18 May, 2023 6:45 pm


काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले रिजाललाई बिहीबार काठमाडौंबाट पक्राउ गरेको जानकारी दिए। 

नक्कली शरणार्थी प्रकरणमा रिजालको भूमिका के हो भन्ने प्रहरीले खुलाएको छैन। स्रोतका अनुसार नक्कली भुटानी शरणार्थी बनाउने गिरोहसँग  रिजालको आर्थिक लेनदेन देखिन्छ। पछिल्लो समय रिजाल झापामा बस्थे।

‘उनीसँग पनि गिरोहका मानिसको आर्थिक लेनदेन देखिएपछि सोधपुछका लागि बोलाएका थियौं,’ प्रहरी स्रोतले भन्यो,‘उनी आफैं प्रहरी कार्यालयमा पुगेपछि पक्राउ गरेका हौं।’ रिजालले लामो समयसम्म भुटानी शरणार्थीको नेताका रूपमा काम गरेका थिए। 

आजै यो प्रकरणमा प्रहरीले नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई पक्राउ गरेको थियो। पक्राउ परेका नेकपा (एमाले) सांसद टोपबहादुर रायमाझीसँग मियाँको निकट सम्बन्ध थियो। त्यही सम्बन्धका आधारमा मियाँ २०७५ पुसमा हज समितिको अध्यक्षमा नियुक्त भएका थिए। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सरकारले अनावश्यक र कार्यबोझ भएका ३१ वटा सरकारी निकाय खारेज गरेको छ । त्यस्तै १८ वटा निकायको पुनर्संरचना र छ

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी