"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारका प्रमुख नीतिगत प्राथमिकता कस्ता छन् ?

प्रकाशित मिति :  19 May, 2023 5:25 pm


काठमाडौँ ।  पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारले संविधान र संघीयताको कार्यान्वयन गर्दै अर्थतन्त्रको संरचनात्मक सुधार गर्ने नीति सार्वजनिक गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम पेस गर्दै यस्तो जानकारी दिएका हुन्।

यस्तै सरकारले सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने भएको छ भने पुँजीगत खर्च वृद्धिका लागि प्राथमिकता दिएको छ।

गुणस्तरीय पूर्वाधार निर्माण, शासकीय व्यवस्था र सेवा प्रवाहमा सुधार, भ्रष्टाचार नियन्त्रण, उत्पादन र रोजगारी वृद्धि, हरित अर्थतन्त्रको विकास, पर्यावरणीय सन्तुलन र आर्थिक सामाजिक विभेदको अन्त्य नीति तथा कार्यक्रममका अन्य प्राथमिकता हुन्।

राष्ट्रपति पौडेलले भने, ‘गरिबी निवारण, समावेशी विकास, शान्तिप्रक्रियाको तार्किक निष्कर्ष, मुलुकको राष्ट्रिय हितको रक्षा एवम् स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिको अवलम्बन सरकारको प्रमुख नीतिगत प्राथमिकता हुनेछन्।’

यस्तै राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वतन्त्रता तथा स्वाधीनता एवम् राष्ट्रिय हितको संरक्षण गर्दै समृद्ध, सबल र न्यायपूर्ण नेपालको निर्माण सरकारको सर्वोपरि लक्ष्य रहेको नीति तथा कार्यक्रममा उल्लेख छ। पौडेलले भने, ‘नेपाली जनताको दशकौँको संघर्षबाट हासिल भएको संघीय लोकतान्त्रिक गणतन्त्र, समाजवाद उन्मुख अर्थतन्त्र र समावेशी शासन प्रणाली संस्थागत गर्नु सरकारको प्रमुख कर्तव्य हो।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्