"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

उपत्यकामा सम्पदा घुम्ती बस सेवा सञ्चालन हुँदै

प्रकाशित मिति :  23 May, 2023 12:08 pm


काठमाडौं । नेपालमा पर्यटकको सेवामा केन्द्रित गरी आजदेखि सम्पदा घुम्ती बस सेवा सञ्चालन हुँदैछ ।‘हफ अन हफ अफ बस’ आजदेखि परीक्षणका रुपमा चल्ने भएको हो । यस सेवाको आज दिउँसो साढे १ बजे पर्यटन मन्त्री सुदुन किरातीले ललितपुर महानगरपालिकाको प्राङ्गणबाट उद्घाटन गर्नेछन् ।

परीक्षणका लागि दुईवटा साझा बस केही दिन नि:शुल्क सञ्चालन गर्ने तयारी गरिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले साझा यातायातसँगको सहकार्यमा यस्तो बस सेवा सञ्चालनमा ल्याउन लागेका हुन् ।

यस्तो बस सेवाले पर्यटकलाई विश्व सम्पदा सूचीमा सूचिकृत काठमाडौं दरवार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भुसम्म पहुँच दिने बताइको छ ।

नेपालमा लामो समयदेखि यस्तो सेवा थालनी गर्ने घोषणा गरिए पनि कार्यान्वयनमा आउन सकेको थिएन ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । आगामी आर्थिक

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यका साथ आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन्।सिंहदरबारमा शुक्रबार बसेको

काठमाडौँ– मुलुकको वर्तमान समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको मूल्यांकनसहित सरकारले आज ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र–२०८३’ सार्वजनिक गरेको छ। नयाँ सरकार