"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित

प्रकाशित मिति :  23 May, 2023 4:51 pm


काठमाडौं । राष्ट्रिय सभाबाट सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । राष्ट्रिय सभाको मंगलबार बसेको बैठकले सरकारको आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम पारित गरेको छ।

५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। जसलाई राष्ट्रिय सभाको मंगलबारको बैठकले बहुमतले पारित गरेको हो।

नीति तथा कार्यक्रम पारित गर्नुपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए। साथै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नीति तथा कार्यक्रममा संशोधन हाल्ने सांसदहरूलाई आफ्नो संशोधन प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए।

राष्ट्रिय सभाको अर्को बैठक जेठ १४ गते १ बजेर १ मिनेटमा बोलाइएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी