"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित

प्रकाशित मिति :  23 May, 2023 4:51 pm


काठमाडौं । राष्ट्रिय सभाबाट सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । राष्ट्रिय सभाको मंगलबार बसेको बैठकले सरकारको आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम पारित गरेको छ।

५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। जसलाई राष्ट्रिय सभाको मंगलबारको बैठकले बहुमतले पारित गरेको हो।

नीति तथा कार्यक्रम पारित गर्नुपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए। साथै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नीति तथा कार्यक्रममा संशोधन हाल्ने सांसदहरूलाई आफ्नो संशोधन प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए।

राष्ट्रिय सभाको अर्को बैठक जेठ १४ गते १ बजेर १ मिनेटमा बोलाइएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्