"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नक्कली शरणार्थी प्रकरणमा १४ जना प्रतिवादी अझै फरार

प्रकाशित मिति :  24 May, 2023 6:59 pm


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियोजन दर्ता गरिएका ३० प्रतिवादीमध्ये १४ जना अझै फरार रहेका छन् । जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीले गरेको तहकिकातबाट प्राप्त प्रमाणहरुको आधारमा बुधबार अपराह्न काठमाडौ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । 

अभियोजन दर्ता गरिएकामध्ये काठमाडौ महानगरपालिका-३० का केशव तुलाधार, ललितपुर बुङमतीका लक्ष्मी महर्जन, ललितपुर-१९ का हरिभक्त महर्जन, इटहरी उपमहानगरपालिका-४ घर भइ अमेरिका बस्ने अशोक पोखरेल, मोरङ कानेपोखरी ५ का धिरेन राई, दीपाञ्जली हुमागाईं रहेका छन् । हुमागाईं प्रहरीले प्रमुख अभियुक्त भनि किटानी गरेका केशव दुलालकी पत्नि हुन् ।

ललितपुर ठेचोका निरज राई, काठमाडौं जीतपुरफेदीका राजेश अर्याल, मोरङ मिक्लाजुङ-६ का मोहनराज राई, बुढानीलकण्ठ १०का आशीष बुढाथोकी, मोरङ शनिश्चरे-१० की बिनिता सामदेव लिम्बु, रौतहट फतुहा हर्साह-९ का निरन्जरकुमार खरेल, झापा गौरादह-१ का सुनिल बुढाथोकी, चितवनको भरतपुर महानरपालिका-१० का प्रतीक थापा रहेका छन् । फरार रहेका निरज नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका तत्कालीन गृहमन्त्री रामबहादुर थापका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा हुन् । इन्द्रजित भने प्रहरी हिरासतमा छन् । प्रतीक तत्कालीन गृहमन्त्री थापाका छोरा हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको