"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नक्कली शरणार्थी प्रकरणमा १४ जना प्रतिवादी अझै फरार

प्रकाशित मिति :  24 May, 2023 6:59 pm


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियोजन दर्ता गरिएका ३० प्रतिवादीमध्ये १४ जना अझै फरार रहेका छन् । जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीले गरेको तहकिकातबाट प्राप्त प्रमाणहरुको आधारमा बुधबार अपराह्न काठमाडौ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । 

अभियोजन दर्ता गरिएकामध्ये काठमाडौ महानगरपालिका-३० का केशव तुलाधार, ललितपुर बुङमतीका लक्ष्मी महर्जन, ललितपुर-१९ का हरिभक्त महर्जन, इटहरी उपमहानगरपालिका-४ घर भइ अमेरिका बस्ने अशोक पोखरेल, मोरङ कानेपोखरी ५ का धिरेन राई, दीपाञ्जली हुमागाईं रहेका छन् । हुमागाईं प्रहरीले प्रमुख अभियुक्त भनि किटानी गरेका केशव दुलालकी पत्नि हुन् ।

ललितपुर ठेचोका निरज राई, काठमाडौं जीतपुरफेदीका राजेश अर्याल, मोरङ मिक्लाजुङ-६ का मोहनराज राई, बुढानीलकण्ठ १०का आशीष बुढाथोकी, मोरङ शनिश्चरे-१० की बिनिता सामदेव लिम्बु, रौतहट फतुहा हर्साह-९ का निरन्जरकुमार खरेल, झापा गौरादह-१ का सुनिल बुढाथोकी, चितवनको भरतपुर महानरपालिका-१० का प्रतीक थापा रहेका छन् । फरार रहेका निरज नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका तत्कालीन गृहमन्त्री रामबहादुर थापका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा हुन् । इन्द्रजित भने प्रहरी हिरासतमा छन् । प्रतीक तत्कालीन गृहमन्त्री थापाका छोरा हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्