"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सत्ता पक्षबाटै गलत आरोप लगाइएको भन्दै एमालेले गर्‍यो प्रतिनिधिसभा अवरोध

प्रकाशित मिति :  26 May, 2023 1:00 pm


काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदले नाराबाजी गरेका छन्।  शुक्रबार ११ बजे बोलाइएको बैठक करिब डेढ घन्टा ढिलो गरी सुरु भएको थियो। बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले उनीहरूलाई पटक–पटक बैठक सञ्चालनका लागि आग्रह गरेका थिए।  

तर, उनीहरुले रोस्ट्रमअगाडि उभिएर नाराबाजी गरिरहेका छन्। सत्तापक्षमा सांसद लेखनाथ दाहालले संसदमा आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै उनीहरूले बैठकमा नाराबाजी गरिरहेका छन्। सांसद दाहालले पशुपतिमा सुनको जलहरीको नाममा पित्तलको जलहरी चढाएर भ्रष्टाचार गरेको भन्ने अभिव्यक्ति दिएको भन्दै उनीहरू विराेधमा उत्रिएका हुन्।

आज सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने र आजै संसदबाट पारित गर्ने कार्यसूची छ। अहिले २० मिनेटका लागि बैठक स्थगित भएकाे छ। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई