"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सत्ता पक्षबाटै गलत आरोप लगाइएको भन्दै एमालेले गर्‍यो प्रतिनिधिसभा अवरोध

प्रकाशित मिति :  26 May, 2023 1:00 pm


काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदले नाराबाजी गरेका छन्।  शुक्रबार ११ बजे बोलाइएको बैठक करिब डेढ घन्टा ढिलो गरी सुरु भएको थियो। बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले उनीहरूलाई पटक–पटक बैठक सञ्चालनका लागि आग्रह गरेका थिए।  

तर, उनीहरुले रोस्ट्रमअगाडि उभिएर नाराबाजी गरिरहेका छन्। सत्तापक्षमा सांसद लेखनाथ दाहालले संसदमा आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै उनीहरूले बैठकमा नाराबाजी गरिरहेका छन्। सांसद दाहालले पशुपतिमा सुनको जलहरीको नाममा पित्तलको जलहरी चढाएर भ्रष्टाचार गरेको भन्ने अभिव्यक्ति दिएको भन्दै उनीहरू विराेधमा उत्रिएका हुन्।

आज सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने र आजै संसदबाट पारित गर्ने कार्यसूची छ। अहिले २० मिनेटका लागि बैठक स्थगित भएकाे छ। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसद्‌मा प्रतिनिधित्वका लागि राजनीतिक दलले

काठमाडौं – समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १,०४,७७,९४३ मतगणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँग टेलिफोन