"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमालेको संसद् अबरुद्धले स्थगित प्रतिनिधिसभा बैठक आज ४ बजे बस्दै

प्रकाशित मिति :  27 May, 2023 8:42 am


काठमाडौँ । प्रतिनिधिसभा बैठक शनिबार अपराह्न ४ बजेका लागि बोलाइएको छ। शुक्रबार बोलाइएको बैठक एमालेका अवरोधका कारण केहीबेर बसेर २० मिनेटका लागि स्थगन भएको थियो।

साढे १२ बजेबाट स्थगन भएको बैठक २० मिनेटमा बस्न नसकेपछि ३ बजे र त्यसपश्चात् पनि बस्न नसकेपछि ६ बजेका लागि बोलाइएको थियो। तर, तोकिएको समयमा बैठक बस्न सकेन। माओवादीका सांसद लेखनाथ दाहालले जेठ १० गतेको बैठकमा पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचार गरेको र पित्तलको जलहरी राखेको आरोप लगाएका थिए। सोही विषयलाई लिएर आज एमालेले सदन चल्न दिए।

सदन चल्न नदिएको एमालेले वेल पनि घेराउ गरेको थियो। विवाद बढेपछि सभामुख देवराज घिमिरेले २० मिनेटको लागि बैठक स्थगित गरेका थिए। त्यसपछि सत्तापक्ष र प्रतिपक्ष दलबीच छलफल गरे पनि निष्कर्षमा पुग्न सकेन। त्यसपछि दिउँसो ३ बजेको लागि बैठक बोलाइयो। ३ बजे पनि बैठक बस्न नसकेपछि साँझ ६ बजेको लागि बोलाइयो।
६ बजे पनि बैठक बस्न सकेन।

जलहरीमा भ्रष्टाचार भएको विषय अघिल्लो वर्षको महालेखाको प्रतिवेदनमा पनि उल्लेख छ। सत्ता पक्ष सांसदहरू यस विषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठनको पक्षमा छन् भने एमाले सांसद दाहालले माफी माग्नुपर्ने अडानमा छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्