"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमालेको संसद् अबरुद्धले स्थगित प्रतिनिधिसभा बैठक आज ४ बजे बस्दै

प्रकाशित मिति :  27 May, 2023 8:42 am


काठमाडौँ । प्रतिनिधिसभा बैठक शनिबार अपराह्न ४ बजेका लागि बोलाइएको छ। शुक्रबार बोलाइएको बैठक एमालेका अवरोधका कारण केहीबेर बसेर २० मिनेटका लागि स्थगन भएको थियो।

साढे १२ बजेबाट स्थगन भएको बैठक २० मिनेटमा बस्न नसकेपछि ३ बजे र त्यसपश्चात् पनि बस्न नसकेपछि ६ बजेका लागि बोलाइएको थियो। तर, तोकिएको समयमा बैठक बस्न सकेन। माओवादीका सांसद लेखनाथ दाहालले जेठ १० गतेको बैठकमा पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचार गरेको र पित्तलको जलहरी राखेको आरोप लगाएका थिए। सोही विषयलाई लिएर आज एमालेले सदन चल्न दिए।

सदन चल्न नदिएको एमालेले वेल पनि घेराउ गरेको थियो। विवाद बढेपछि सभामुख देवराज घिमिरेले २० मिनेटको लागि बैठक स्थगित गरेका थिए। त्यसपछि सत्तापक्ष र प्रतिपक्ष दलबीच छलफल गरे पनि निष्कर्षमा पुग्न सकेन। त्यसपछि दिउँसो ३ बजेको लागि बैठक बोलाइयो। ३ बजे पनि बैठक बस्न नसकेपछि साँझ ६ बजेको लागि बोलाइयो।
६ बजे पनि बैठक बस्न सकेन।

जलहरीमा भ्रष्टाचार भएको विषय अघिल्लो वर्षको महालेखाको प्रतिवेदनमा पनि उल्लेख छ। सत्ता पक्ष सांसदहरू यस विषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठनको पक्षमा छन् भने एमाले सांसद दाहालले माफी माग्नुपर्ने अडानमा छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी