"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमसीसी बिरुद्ध ६ साना बामपन्थी दल आज सडकमा

प्रकाशित मिति :  20 February, 2022 12:08 pm


फाइल फोटो

काठमाडौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चा नेपालसहित साना ६ घटक बामपन्थी दलले एमसीसी बिरुद्धको सडक संघर्ष निर्णायक मोडमा पुगेको भन्दै सडक आन्दोलनलाई आज पनि निरन्तरता दिने भएका छन ।

चित्रबहादुर केसी नेतृत्वको राजमो नेपालसहित मोहन बैद्य किरणको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित साना बामपन्थी दलले एमसीसी बिरुद्धको आन्दोलन निर्णायक मोडमा पुगेको भन्दै सडक आन्दोललाई निरन्तरता दिने भएका हुन ।

‘नेपाली जनताको एमसीसी बिरुद्धको संघर्ष गम्भिर मोडमा पुगेको निष्कर्ष बैठकले निकालेको छ’ भन्ने उल्लेख गर्दै साना बामपन्थी दलले अमेरिकन राजदुत ¥यान्डी बेरीको टविट, चीनका बिदेश बिभागको पत्रकार सम्मेलनवाट ब्यक्त धारणा र देउवा सरकारको एमसीसी संसदमा टेबुल गनगरी पारित गराउने अन्तिम कसरतले उक्त बिषयलाई पुष्टी गरेको साना बामपन्थी दलको निष्कर्ष रहेको छ ।

काठमाडौं उपत्यकामा माइतिघर मण्डलावाट बिरोध प्रदर्शनसहित नयाँ वानेश्वरस्थित संसद भवन घेराउ गर्ने देखी देशव्यापी रुपमा सवै जिल्लामा जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरेको छ । जसअनुसार आज साना बामपन्थी दलले देशैभरी बिरोध प्रदर्शन गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको छ । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क

काठमाडौँ- नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालयमा भएको निर्वाचनमा बादल निर्विरोध

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाका निर्वाचन क्षेत्रहरूका लागि आफ्ना उम्मेदवार टुङ्ग्याएको छ । साेमबार चक्रपथको एक होटलमा बसेको संसदीय बोर्डको

काठमाडौँ- नेपालले आईसीसी टी–२० विश्वकपमा स्थान सुनिश्चि गरेको छ। आगामी वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने टी–२० विश्वकपको १०