"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीश नियुक्ति प्रकिया अघि बढ्यो

प्रकाशित मिति :  30 May, 2023 12:32 pm


काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश प्रकिया अघि बढेको छ । संसदीय सुनुवाई समितिको मंगलबार बसेको बैठकले प्रधानन्यायाधीसमा सिफारिस भएका हरिकृष्ण कार्कीको सम्बन्धमा उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।

कार्की संवैधानिक परिषद्‌बाट गत वैशाख २५ गते सर्वोच्चका लागि प्रधानन्यायाधीशमा सिफारिस भएका थिए । आज बसेको समिति बैठकले कार्कीको सम्बन्धमा १० दिनभित्र सार्वजनिक रुपमा उजुरी आव्हान गर्ने निर्णय गरेको छ ।

सार्वजनिक सूचना बुधबारको गोरखापत्रमा प्रकाशन गरिनेछ । कार्कीमाथि लिखित पत्रमार्फत वा समितिले सार्वजनिक गर्ने इमेलमार्फत उजुरी दिन सकिने छ । उजुरीकर्ताको परिचय उनीहरूको अनुरोधमा समितिले गोप्य राख्ने बताइएको छ ।

यस्तै समितिले समिति सञ्चालनसम्बन्धी कार्याविधि समेत पास गरेको छ । समितिका जेष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा बैठक बसेको थियो । बैठकलाई सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्बोधन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्