"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपति पौडेललाई प्रधानमन्त्री प्रचण्डले गराए भारत भ्रमणको जानकारी

प्रकाशित मिति :  31 May, 2023 11:43 am


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री प्रचण्डले आज बिहान राष्ट्रपति पौडेलसँग शितल निवासमा भेटवार्ता गरेका हुन्।

भेटवार्ताका क्रममा प्रधानमन्त्रीले भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ।

‘राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीले आजदेखि हुने भारत भ्रमणबारे जानकारी गराउनुभएको हो,’ राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले भने। प्रधानमन्त्री दाहाल आजदेखि भारत भ्रमणमा जाँदैछन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबिच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन् । अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले आज (बिहीबार) शुभकामना