"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमाले सचिवालय बैठक : यी हुन् मनोनीत १७ जना केन्द्रीय सदस्य

प्रकाशित मिति :  2 June, 2023 7:36 pm


काठमाडौँ । नेकपा एमालेले १७ जना नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । शुक्रबार भएको सचिवालय बैठकले मुकुन्द्र न्यौपाने, प्रेमबहादुर सिंह, भागवत विश्वासी, चुडामणि जंगलीलगायतलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो ।

त्यसैगरी केन्द्रीय सदस्यमा मनोनीत हुनेहरुमा हेमराज राई, ठम्मर विष्ट, उमाशंकर अरगरिया, अजय गुप्ता, ईकवाल मियाँ, गणेश खनाल, प्रेम तामाङ, यमबहादुर परियार र सुरेन्द्र मानन्धर रहेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

‘पार्टीमा महत्वपूर्ण जिम्मेवारी पाएका नेताहरुलाई पनि केन्द्रमा कसरी ल्याउने भन्ने विषयमा परामर्श भइरहेको छ,’ ज्ञवालीले भने, ‘अहिले विभिन्न पार्टीबाट एमालेमा आउनुभएकाहरुलाई केन्द्रमा ल्याइएको हो ।’

मानन्धरबाहेक नेताहरु अन्य दलबाट एमालेमा आएका हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–१ मा निर्माण गरिएको बित्थड खेल मैदानमा भ्रष्टाचार भएको ठहर गर्दै