"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संघीय संसदका दुवै सदनमा आजदेखि बजेटबारे छलफल सुरु हुदै

प्रकाशित मिति :  4 June, 2023 12:01 pm


काठमाडौं । संघीय संसदका दुवै सदनमा आजदेखि आगामी आर्थिक वर्षको बजेटबारे छलफल सुरु हुँदैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि सुरु हुँदैछ भने राष्ट्रिय सभा बैठक १ बजेदेखि सुरु हुँदैछ ।

बैठकमा बजेटमाथि छलफल सुरु गरियोस भन्ने प्रस्ताव अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले पेस गर्ने र त्यसमाथि सदस्यहरूले धारणा राख्ने सम्भावित कार्यसूची रहेको छ ।

यसअघि राष्ट्रपति कार्यालयले पठाएको नागरिकता विध्यक प्रमाणीकरण भएको पत्र सभामुख देवराज घिमिरेले सुनाउने कार्यसूची छ ।त्यसपछि, आजैदेखि चारदिनसम्म छलफल गर्ने र यही जेठ २५ गते अर्थमन्त्री महतले जवाफ दिएपछि बजेट पारित गर्ने योजना छ ।

अर्थमन्त्री महतले यही जेठ १५ गते संसदमा आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गरेका थिए । गत १७ गते प्रधानमन्त्री प्रचण्ड भारत भ्रमण गएर शनिबार फर्किएपछि आजदेखि बजेटमाथि छलफल सुरु हुन लागेको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी