"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संघीय संसदका दुवै सदनमा आजदेखि बजेटबारे छलफल सुरु हुदै

प्रकाशित मिति :  4 June, 2023 12:01 pm


काठमाडौं । संघीय संसदका दुवै सदनमा आजदेखि आगामी आर्थिक वर्षको बजेटबारे छलफल सुरु हुँदैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि सुरु हुँदैछ भने राष्ट्रिय सभा बैठक १ बजेदेखि सुरु हुँदैछ ।

बैठकमा बजेटमाथि छलफल सुरु गरियोस भन्ने प्रस्ताव अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले पेस गर्ने र त्यसमाथि सदस्यहरूले धारणा राख्ने सम्भावित कार्यसूची रहेको छ ।

यसअघि राष्ट्रपति कार्यालयले पठाएको नागरिकता विध्यक प्रमाणीकरण भएको पत्र सभामुख देवराज घिमिरेले सुनाउने कार्यसूची छ ।त्यसपछि, आजैदेखि चारदिनसम्म छलफल गर्ने र यही जेठ २५ गते अर्थमन्त्री महतले जवाफ दिएपछि बजेट पारित गर्ने योजना छ ।

अर्थमन्त्री महतले यही जेठ १५ गते संसदमा आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गरेका थिए । गत १७ गते प्रधानमन्त्री प्रचण्ड भारत भ्रमण गएर शनिबार फर्किएपछि आजदेखि बजेटमाथि छलफल सुरु हुन लागेको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । विपक्षी दलका सांसदहरूले अवरोध जारी गरेसँगै सभामुख डीपी अर्यालले भोलि बिहान ११

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा