"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नागरिकता विधेयक प्रमाणीकरण विरुद्ध प्रतिपक्षी तीन दलले गरे संसद् अवरुद्ध

प्रकाशित मिति :  4 June, 2023 12:54 pm


काठमाडौँ । नेकपा एमालेलगायतका विपक्षी दलले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध आइतबार संसद् बैठक अवरुद्ध गरेको छ। एमालेले तत्काल नयाँ विधेयक दर्ता गरी त्यसमाथि छलफल गर्नुपर्ने मागसहित संसद् बैठक अवरुद्ध गरेको हो।

बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले एमालेका प्रमुख सचेतक पदम गिरीलाई बोल्ने समय दिएका थिए। उनले प्रमाणीकरण गरिएको विधेयक निष्क्रिय बनाई नयाँ विधेयक दर्ता गर्न माग गरेका छन्।

उनले भने, ‘बजेटका विषयमा सघन ढंगले छलफल गर्ने तयारीमा थियौ। सरकारले संविधान मिच्ने र मुलुकको हितविपरीत काम गरेको आरोप उनको छ। यस्तै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा लिपुलेक–कालापानी लगायतका भूमिलाई अन्य भूमिसँग साट्ने विषयमा गरेको प्रस्तावको पनि विरोध गरेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल

काठमाडौं – सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्ति सच्याउने विषयमा रुलिङ नगरेको भनेर विपक्षी दलहरूले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई