नागरिकता विधेयक प्रमाणीकरण विरुद्ध प्रतिपक्षी तीन दलले गरे संसद् अवरुद्ध
काठमाडौँ । नेकपा एमालेलगायतका विपक्षी दलले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध आइतबार संसद् बैठक अवरुद्ध गरेको छ। एमालेले तत्काल नयाँ विधेयक दर्ता गरी त्यसमाथि छलफल गर्नुपर्ने मागसहित संसद् बैठक अवरुद्ध गरेको हो।
बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले एमालेका प्रमुख सचेतक पदम गिरीलाई बोल्ने समय दिएका थिए। उनले प्रमाणीकरण गरिएको विधेयक निष्क्रिय बनाई नयाँ विधेयक दर्ता गर्न माग गरेका छन्।
उनले भने, ‘बजेटका विषयमा सघन ढंगले छलफल गर्ने तयारीमा थियौ। सरकारले संविधान मिच्ने र मुलुकको हितविपरीत काम गरेको आरोप उनको छ। यस्तै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा लिपुलेक–कालापानी लगायतका भूमिलाई अन्य भूमिसँग साट्ने विषयमा गरेको प्रस्तावको पनि विरोध गरेका छन्।













