"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भदौमा नीति महाधिवेशनबाट पार्टीका महत्वपूर्ण निर्णयहरु गर्छौं : महामन्त्री गगन थापा

प्रकाशित मिति :  5 June, 2023 4:17 pm


काठमाडौं। नेपाली कांग्रेसले भदौको अन्तिम साता नीति महाधिवेशन गर्ने भएको छ । महामन्त्री गगन थापाले नीति महाधिवेशन भदौको अन्तिममा गर्न लागिएको जानकारी गराएका छन्। नेपाली कांग्रेसबाट निर्वाचित पालिकाका जनप्रतिनिधिलाई प्रशिक्षण दिन दाङ पुगेका महामहान्त्री थापाले भने,‘हामी भदौको मसान्तमा नीति महाधिवेशन गर्छौ । नीति महाधिवेशनबाट पार्टीका महत्वपूर्ण निर्णयहरु गर्छौं।’

महाधिवेशन सकिएको ६ महिना पछि नीति महाधिवेशन गर्ने भनिएपनि हालसम्म मिति तोकिएको छैन । महाधिवेशन सकिएको डेढ वर्ष वितेको छ । प्रशिक्षण कार्यक्रम सुरु हुनु अघि थापाले राप्ति गाउँपालिकामा स्थानीय नेता कार्यकर्तासँग छलफल क्रममा उनले उक्त कुरा गरेका हुन् ।

महामन्त्री थापाले भदौअघि नै भ्रातृसंस्थाको पूर्णता, विभाग गठन लगायतका काम सकिने बताए । नागरिकका आँखाबाट हेर्दा संगठन निर्माणको अर्थ नरहने उनले बताए । ‘नागरिकका लागि हामी भित्रको कुरा पनि ठीक बनाउनु छ । सँगसँगै बाहिरबाट हेरिँदा पनि हामी ठिक देखिनु छ’, महामन्त्री थापाले भने ।

कांग्रेस बाँच्नुको आधार मर्न तयार हुने तर सिद्धान्तमा सम्झौता तयार नहुने कारणले भएको थापाले सुनाए। पछिल्लो समय सरकारका लागि कांग्रेस जे पनि गर्ने पार्टीका रुपमा चित्रित भएको थापाको भनाइ छ। ‘जोसँग पनि मिल्छ, जे पनि गर्छ । नहुने कुरा पनि गर्छ भन्ने हुँदै गएको छ, थापाले भने, ‘हाम्रा केही गलत क्रियाकलापले होला । यो कुराहरु सच्याएनौं भने पार्टीको बैठक मात्रै सच्याएर हुँदैन।’

दाङको लमहीमा सोमबार कांग्रेसले लुम्बिनी प्रदेशमा स्थानीय तहमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण राखेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा