"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अध्यक्ष तिमिल्सिना र सिटिबिटीयोका कार्यकारी सचिवबीच शिष्टाचार भेटवार्ता

प्रकाशित मिति :  6 June, 2023 1:41 pm


काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आणविक प्रतिबन्ध सन्धि संगठन (सीटीबीटीयो)का कार्यकारी सचिव रोर्बट फ्लोएड बीच शिष्टाचार भेटवार्ता भएको छ । अध्यक्ष तिमिल्सिना र कार्यकारी सचिब फ्लोएड बीच सिंहदरबारस्थित संसद सचिवालयमा भेटवार्ता भएको हो । भेटमा अध्यक्ष तिमिल्सनाले नेपाल सबै किसिमका आम विनाशका हतियारहरूको निशस्त्रीकरणको पक्षधर रहेको बताए ।

अध्यक्षको सचिवालयका अनुसार उनले भनेका छन्, ‘सबै प्रकारका हतियारको निशस्त्रीकरण नेपालको परराष्ट्र नीतिको महत्वपूर्ण पक्षको रुपमा रहिआएको छ । नेपाल हात-हतियार दौडको विरुद्वमा छ र सामूहिक विनाशका सबै प्रकारका हतियारको समयबद्व र सम्पूर्ण निशस्त्रीकरणको वकालत गरिरहनेछ र यसका निम्ति अन्तर्राष्ट्रिय प्रयत्नहरुप्रति पनि ऐक्यबद्धता जनाउँदछ ।’

अध्यक्ष तिमिल्सिनाले आणविक प्रतिबन्ध सन्धि अनुमोदन गर्ने राष्ट्रहरुको संख्याले नेपाल प्रोत्साहित रहेको पनि बताएका छन् ।

संसदको चालु अधिवेशनबाट बजेट पारित भइसकेपछि सरकारले सिटिबिटीयो सन्धि अनुमोदनका लागि संसदमा प्रस्तुत गरेमा संसद त्यो प्रक्रियामा प्रवेश गर्ने आश्वासन दिदै उनले सन्धिलाई हस्ताक्षर र अनुमोदन गर्ने राष्ट्रहरुको उल्लेख्य संख्याले नेपाल प्रोत्साहित भएको बताएका हुन् ।

सिटिबिटीयोका कार्यकारी सचिव फ्लोएडले पश्चिम र दक्षिणपुर्वी एसियाका धेरै देशहरुले सन्धि अनुमोदन गरेको बताउँदै नेपालबाट पनि छिट्टै सन्धि अनुमोदन हुने विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्