"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पहिचावादीका नाममा अराजक गतिविधि नगर्न सरकारको चेतावनी

प्रकाशित मिति :  9 June, 2023 2:18 pm


काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशमा एमालेका नेतामाथि आक्रमण गर्नेलाई कानुनी कारबाही गर्ने स्पष्ट पारेका छन्। प्रतिनिधिसभा बैठकमा शुक्रबार सम्बोधन गदै गृहमन्त्री श्रेष्ठले पहिचानका नाममा अराजक मच्चाउने छुट कसैलाई पनि नरहेको भन्दै दोषीमाथि कारबाही गर्ने स्पष्ट पारेका हुन्।

मन्त्री श्रेष्ठले संविधान र कानुनलाई हातमा लिने, अराजक गतिविधि गर्ने, व्यक्ति नेताहरुको सुरक्षामा चुनौती उत्पन्न गर्ने कुनै पनि गतिविधिलाई सरकारले छुट दिन नसक्ने बताए।

इलाममा कोशीका पूर्वमन्त्री रामराना मगरको गाडीमा पहिचानवादी भन्नेहरुले सडकमा ढुंगामुढा राखेर अवरोध गर्न खोजिएको देखिए पनि कालोमोसो दलिएको वा अरू केही गरिएको प्रचार सत्य नभएकोस्पष्ट पारे।

उदयपुरमा प्रदेश सभाकी उपसभामुख सृजना दुनुवार चढेको गाडीको झण्डा थुत्ने काम भएको र ढुंगा प्रहार गर्ने काम भएको उनले जानकारी दिए। श्रेष्ठले सम्बन्धित दोषीहरुलाई कानुनको दायरामा ल्याउन आवश्यक प्रक्रिया अघि बढाइसकेको पनि बताए। यस्तै उनले संघीयताको रक्षा गर्न सके यससम्बन्धी दृष्टिकोणलाई शान्तिपूर्ण बाटोबाट वैधानिक रुपमा स्थापीत गर्न सकिने जोड दिए। एमालेका सांसद योगेश भट्टराईले एमाले नेतामाथि भएको आक्रमणका बारेमा प्रश्न गरेपछि गृहमन्त्रीले जबाफ दिएका हुन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले