"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकार भ्रष्टाचार नियन्त्रणमा कुनै पनि प्रकारको सम्झौता गर्दैन : प्रधानमन्त्री

प्रकाशित मिति :  14 June, 2023 12:53 pm


काठमाडौँ ।  प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर रूपमा प्रस्तुत भएकाले कुनै पनि प्रकारको सम्झौता नगरिने स्पष्ट पारेका छन् । 

बुधबार बिहान पूर्वशिक्षामन्त्री एवं नेकपा (माओवादी केन्द्र) का दिवङ्गत नेता डीआर पौडेलको चौथो स्मृति दिवसका सन्दर्भमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित स्मृति कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले सरकार सुशासनका लागि दृढतापूर्वक अगाडि बढेको बताएका हुन् ।

‘सरकार सुशासनका निम्ति दृढतापूर्वक अगाडि बढिरहेको छ। कतिपयले आशंका गरेको देख्छु- सरकार कतै झुक्छ कि सम्झौता गर्छ कि भन्ने। तर, प्रष्ट रूपमा भन्छु- सरकार मेरा लागि ठूलो कुरा होइन। ठूलो कुरा सुशासन हो, जनताको सेवा गर्नु हो। भ्रष्टाचार निर्मूल पार्न सरकार दृढतापूर्वक अगाडि बढ्छ, कहिँ सम्झौता हुँदैन, झुकिँदैन,’ उनले भने ।

पूर्वमन्त्री पौडेलको स्मरण गर्दै प्रधानमन्त्री दाहालले भने, ‘उहाँलाई जनताको बीचमा स्थापित गराउन मैले शिक्षामन्त्रीको जिम्मेवारी दिएको थिएँ। उहाँले आफ्नो जिम्मेवारीमा राम्रो पनि गर्नुभयो। डिआरको आकस्मिक निधनबाट पार्टीलाई अपुरणीय क्षति भएको छ।’

त्यस्तै प्रधानमन्त्री दाहालले नयाँ ढंगले कम्युनिस्ट आन्दोलन अगाडि बढाउन समाजवादी मोर्चा बनाउने पनि बताए । उनले भने, ‘नयाँ परिस्थितिमा कम्युनिस्ट आन्दोलन अगाडि बढाउनेमा छौँ। हामी समाजवादी मोर्चा बनाउँदैछौँ। समाजवादको मौलिक बाटो खोजिरहेका छौँ ।’

कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू पम्फा भुसाल, अग्निप्रसाद सापकोटा, महासचिव देव गुरूङ, उपमहासचिवहरू हरिबोल गजुरेल, गिरिराजमणि पोखरेललगायतका नेताहरू थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा