"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भ्रष्टाचारमा संलग्न कुनै पनि नेतालाई पार्टीले प्रतिरक्षा गर्नुहुन्न : महामन्त्री विश्वप्रकाश शर्मा

प्रकाशित मिति :  18 June, 2023 11:27 am


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारमा तानिएका नेताहरूको प्रतिरक्षा राजनीतिक दलहरूले गर्न नहुने बताएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न कांग्रेस नेता बालकृष्ण खाँणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने दबाब बढिरहेका बेला उनले त्यस्ता गतिविधिमा संलग्न कुनै पनि नेतालाई पार्टीले प्रतिरक्षा गर्न नहुने बताएका हुन्।

शनिबार काठमाडौँमा आयोजित ‘शासन र शासक’ नामक पुस्तक विमोचन कार्यक्रममा उनले कांग्रेस, एमाले र माओवादी केन्द्रजस्ता राजनीतिक पार्टीले आफ्नो पार्टीको अमूक नेतालाई निर्दोष सावित गर्ने प्रयास गर्न नहुने बताए। नेताहरूलाई दोषी करार गर्ने संविधान, कानुन र राज्यका निकाय भएकाले राजनीतिक दलहरूले त्यसले दिएको निष्कर्षलाई मानेर अघि बढनुपर्ने शर्माको भनाइ थियो।

‘मेरो पार्टीको अमूक नेता चाँही निर्दोष हुनुहुन्छ, फसाउन पाइँदैन भनेर हामी कसैले भन्न पाउँदैनौँ। यो देशमा कानुन छ। यो देशमा संविधान छ। अख्तियार छ। अदालत छ। तिनले भन्ने हो तिम्रो दलको नेता निर्दोष छ,’ उनले भने, ‘त्यो कर्ममा कांग्रेस, एमाले, माओवादीजस्ता दलले कसैले प्रतिरक्षा गर्नु हुँदैन।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी