"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काँग्रेस रुपान्तरण : कार्यवाहक सभापति खड्का र महामन्त्री गगनविच सवालजवाफ

प्रकाशित मिति :  20 June, 2023 12:59 pm


काठमाडौं।उपप्रधान एवं रक्षामन्त्री तथा नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अर्कालाई औंला ठड्याएर पार्टीमा रुपान्तरण सम्भव नरहेको बताएका छन्। सोमबार काठमाडौंमा भएको ट्रेड युनियन काँग्रेसको ७औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले कसैप्रति औँला ठड्याएर परिवर्तन र रुपान्तरण सम्भव नरहेको जिकिर गरे।

सोही महाधिवेशनमा सम्बोधन गर्दै महामन्त्री गगनकुमार थापाले पार्टी अहिले जसरी चलेमा दुर्घटनामा जाने चेतावनी दिएका छन्। बदलिएको कांग्रेसले मात्रै मुलुक बदल्न सक्ने दाबी महामन्त्री थापाको छ। देश बदल्नका लागि सबैभन्दा पहिला नेपाली कांग्रेस बदल्न आवश्यक रहेकोमा जोड दिए।

उनले भने, ‘बदलेको कांग्रेसले मात्रै देश बदल्न सक्छ। कांग्रेस अहिले जसरी चलेको छ। त्यसरी नै चल्ने हो भने कांग्रेस दुर्घटनामा जान्छौँ। हामी जसरी चलिरहेका छौंँ, यो भन्दा भिन्न ढंगबाट चल्नुपर्छ।’

महामन्त्री भन्दा पछि बोल्दै कार्यवाहक सभापति खड्काले भने, ‘मेरा कमजोरी र गल्तीहरुलाई सच्याएर, स्वीकारेर म रुपान्तरणका लागि तयार हुने की नहुने ? सधैं औंला ठड्याएर होइन, आफूलाई औंला ठड्याएर, यो सुधार परिमार्जन, पुनः निर्माण, रुपान्तरण बदल्ने सबै कुरालाई आफूलाई पहिला सबैकुरालाई प्रकट गर्छु भन्ने इमानको संकल्प, निष्ठाको संकल्पसहित समर्पित गर्ने बेला आएको छ।’

उनले आफ्ना कमजोरी र गल्तीहरु सच्याएर अघि बढ्न सके मात्रै रुपान्तरण सम्भव भएको बताए । उनले पार्टी र सरकारलाई जीवित बनाउने काम केन्द्रदेखि वडा तहका नेताहरुको रहेको बताए।

‘व्यवहारतः जीवनशैलीमा निर्णय शैलीमा, काम गर्ने शैलीमा। सबै शैलीमा म रुपान्तरण हुन तयार हुने हो, सच्याएर रुपान्तरण हुन तयार हुने भएपछि मात्रै चाहे मुलुकको होस् रुपान्तरणको प्रक्रिया शुरु हुन्छ, चाहे पार्टीको होस्, रुपान्तरणको प्रक्रिया सुरू हुन्छ।’ उनले भने ।

महामन्त्री थापाले पार्टीको अहिलेको परिस्थितिलाई सुधारेर र सपारेर मात्रै तीव्र गतिमा समय सापेक्ष दिशातर्फ जान सकिने बताए। उनले पार्टीमा सबैले निष्ठाको संकल्पसहित आफूलाई समर्पित गर्ने बेला आएको उल्लेख गरे ।

उनले पार्टीलाई आवश्यकता अनुसार बदल्न सक्नुपर्ने बताए। देश अफ्ठ्यारोमा भएको बेला कांग्रेसले ठिक ढंगले सम्हाल्न सक्नुपर्ने पनि थापाले बताए। यस्तै उनले कांग्रेसले सम्हाल्न नसके मुलुक थप १५ वर्ष पछि धकेलिने चिन्ता व्यक्त गरे।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा