"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

साफ च्याम्पियनसिपमा कुवेतसँग नेपाल भिड्दै

प्रकाशित मिति :  21 June, 2023 12:17 pm


दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आजबाट भारतमा सुरू हुँदैछ। भारतको बेंग्लोरमा हुने प्रतियोगिताको उद्‌घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुँदैछ। कुवेत आमन्त्रित टिमको रुपमा साफमा सहभागी भएको हो। 

छोटो तयारीकाबीच भारत पुगेको नेपालका लागि यस संस्करणमा कठिन चुनौती छ। यद्यपी प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले नेपाली टिम कठिन चुनौतीको सामना गर्न तयार भएको बताएका छन्। 

नेपाल र कुवेतबीच सन् २०१९ यता पाँच खेल भएका छन्। सन् २०१९ मा कुवेतमा भएको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेपछि चार खेलमा कुवेतले जित निकालेको छ। गत वर्ष एसियन कपको छनोटमा कुवेतले नेपालमाथि ४-१ गोलको जित निकालेको थियो।

नेपाली राष्ट्रिय फुटबल टिम गत साता फिलिपिन्ससँग मैत्रीपूर्ण खेलेपछि साफ च्याम्पियनसिपमा भाग लिन नेपाली टिम भारतमा पुगेको थियो।

प्रशिक्षक एनेसेले कमजोर तयारीका बावजुद फिलिपिन्ससँगको खेलमा १-० गोलले पराजित भए पनि राहत महसुस गरेका थिए। फिलिपिन्ससँग यसअघिका खेलभन्दा कम गोल खानु नेपालका लागि उपलब्धि बन्यो।

नेपालले साफका लागि कमजोर तयारी गर्दा अरु टिमले भने राम्रो तयारी गरेका छन्। साफका लागि भारतले घरेलु मैदानमा इन्टरकन्टिनेल्टल कप आयोजना गर्‍यो। भानुआटु, मंगोलिया र लेवनानसँग खेल्दा भारतले अपराजित रहदै उपाधि जित्यो। आइतबार भएको लेवनानविरुद्धको फाइनलमा भारत २-० गोलले विजयी भयो।

कुवेत नेपालका लागि बलियो प्रतिद्वन्द्वी हो। यस्तै पाकिस्तानले विदेशमा खेलिरहेका खेलाडीलाई समेटेर बलियो टिम बनाएको छ। 
फिफा वरीयतामा भारत १०१औं, कुवेत १४३औं, नेपाल १७४औं र पाकिस्तान १९५औं स्थानमा छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार