"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गाउँपालिका अध्यक्ष र प्रशासकीय अधिकृतलाई दुर्व्यवहार गरेकोमा सर्वत्र भर्सना

प्रकाशित मिति :  22 February, 2022 4:30 pm


प्युठान । प्युठानको मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज राना र प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापालाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले दुर्व्यवहार गरेकोमा सर्वत्र भर्सना भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत थापाले स्थानीय विद्यालयमा पठनपाठन सम्बन्धी सरोकारवाला निकायहरूबीच छलफल चलिरहेका बेला युवाहरुको समूहले आफूमाथि कालोमोसो दलेर अभद्र व्यवहार गरेको बताएका छन् । वडा नम्बर ५ सरङकोटमा रहेको भूमि विकास आधारभूत विद्यालयमा छलफल गरिरहेको समयमा केही युवा आएर कालोमोसो दलेर भागेको उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले घटनास्थलमा प्रहरी पुगेको र कालोमोसो दल्ने युवाहरुको खोजी भइरहेको बताए जिल्ला प्रशासनमा जाहेरीका माध्यमबाट न्यायीक प्रकृया पनि अगाडि बढाएको गाँउपालिकाका प्रवत्ताले बताए ।


यस्तै दुर्व्यवहार भत्र्सना गर्दै नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, निजामती लगायत नेपाल शिक्षक महासंघले विज्ञप्ति जारी गरेर दोषी उपर कारवाहिको माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव वा सो सरहका ६३ जना कर्मचारीहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  राजेश

काठमाडौं – स्थानीय तह र प्रदेशमा ३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त भएको छ । प्रतिनिधिसभा सदस्यको चुनाव लड्न स्थानीय

काठमाडौं – देशभरिका ६ महानगरपालिकामध्ये कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा कमजोर काठमाडौं महानगरपालिका रहेको पाइएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त