"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पार्टी एकताबारे प्रचण्ड र विप्लवबीच छलफल

प्रकाशित मिति :  22 June, 2023 11:11 am


काठमाडौँ। प्रधानमन्त्री एवम् नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’बीच पार्टी एकताबारे छलफल भएको छ। उक्त भेटमा समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने र माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार (आज) बिहान भएको उक्त भेटवार्तामा नेपालका सबै कम्युनिस्ट पार्टीबीच एकता गर्ने विषयमा पनि छलफल भएको बताइएको छ। सोमबार विप्लवसहित माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादी मिलेर समाजवादी मोर्चा गठन भएपछि यी दलका नेताहरू आपसी संवादमा जुटेका छन्।

तत्कालीन माओवादी विद्रोहमा एउटै पार्टीमा रहेका प्रचण्ड-विप्लव एक दशकदेखि अलग-अलग पार्टीको नेतृत्वमा छन्। संसदीय राजनीतिले काम नगर्ने र प्रत्यक्ष कार्यकारीको मुद्दा बोकेका विप्लप सोमबार घोषणा भएको समाजवादी मोर्चामा भने संसदीय राजनीतिकै मार्गमा हिँडेका नेताहरूसँग देखिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–१ मा निर्माण गरिएको बित्थड खेल मैदानमा भ्रष्टाचार भएको ठहर गर्दै