"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पार्टी एकताबारे प्रचण्ड र विप्लवबीच छलफल

प्रकाशित मिति :  22 June, 2023 11:11 am


काठमाडौँ। प्रधानमन्त्री एवम् नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’बीच पार्टी एकताबारे छलफल भएको छ। उक्त भेटमा समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने र माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार (आज) बिहान भएको उक्त भेटवार्तामा नेपालका सबै कम्युनिस्ट पार्टीबीच एकता गर्ने विषयमा पनि छलफल भएको बताइएको छ। सोमबार विप्लवसहित माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादी मिलेर समाजवादी मोर्चा गठन भएपछि यी दलका नेताहरू आपसी संवादमा जुटेका छन्।

तत्कालीन माओवादी विद्रोहमा एउटै पार्टीमा रहेका प्रचण्ड-विप्लव एक दशकदेखि अलग-अलग पार्टीको नेतृत्वमा छन्। संसदीय राजनीतिले काम नगर्ने र प्रत्यक्ष कार्यकारीको मुद्दा बोकेका विप्लप सोमबार घोषणा भएको समाजवादी मोर्चामा भने संसदीय राजनीतिकै मार्गमा हिँडेका नेताहरूसँग देखिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा