"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रास्वपाको पहिलो स्थापना दिवस चियापान कार्यक्रम

प्रकाशित मिति :  22 June, 2023 7:53 pm


काठमाडौं । संसदको चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार पहिलो स्थापना दिवस मनाइरहेको छ। स्थापना दिवसको अवसरमा रास्वपाले चियापान कार्यक्रम आयोजना गरेको छ।

चियापानमा प्रधानमन्त्री, मन्त्री, संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष र पदाधिकारी, सांसद, कलाकारलगायत  उपस्थित भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कलाकारहरू हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, किरण केसीलगायत सहभागी छन्।

पार्टी स्थापना दिवसका सन्दर्भमा प्रदेश र जिल्ला तहका कमिटीहरूले पनि स्वस्फूर्त चियापान र विविध कार्यक्रम राखेका हुन्। स्थापना दिवसकै अवसरमा रास्वपाको कार्यालय नयाँ ठाउँमा सरेको छ। बसुन्धरामा रहेको केन्द्रीय कार्यालय बालाजुमा सरेको हो। पार्टीले ६ तले घरको पाँचवटा तला भाडामा लिएको छ। मासिक ३ लाख तिर्नेगरी घर भाडामा लिएको रास्वपाले बताएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–१ मा निर्माण गरिएको बित्थड खेल मैदानमा भ्रष्टाचार भएको ठहर गर्दै