"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रास्वपाको पहिलो स्थापना दिवस चियापान कार्यक्रम

प्रकाशित मिति :  22 June, 2023 7:53 pm


काठमाडौं । संसदको चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार पहिलो स्थापना दिवस मनाइरहेको छ। स्थापना दिवसको अवसरमा रास्वपाले चियापान कार्यक्रम आयोजना गरेको छ।

चियापानमा प्रधानमन्त्री, मन्त्री, संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष र पदाधिकारी, सांसद, कलाकारलगायत  उपस्थित भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कलाकारहरू हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, किरण केसीलगायत सहभागी छन्।

पार्टी स्थापना दिवसका सन्दर्भमा प्रदेश र जिल्ला तहका कमिटीहरूले पनि स्वस्फूर्त चियापान र विविध कार्यक्रम राखेका हुन्। स्थापना दिवसकै अवसरमा रास्वपाको कार्यालय नयाँ ठाउँमा सरेको छ। बसुन्धरामा रहेको केन्द्रीय कार्यालय बालाजुमा सरेको हो। पार्टीले ६ तले घरको पाँचवटा तला भाडामा लिएको छ। मासिक ३ लाख तिर्नेगरी घर भाडामा लिएको रास्वपाले बताएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा