"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

युगअनुसारको सांस्कृतिक रुपान्तरण आवश्यक : प्रधानमन्त्री

प्रकाशित मिति :  24 June, 2023 6:00 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय समानुपातिक गणतान्त्रिक युगअनुसारको संस्कृति निर्माण आजको आवश्यकता भएको बताएका छन्।

शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको ६६औं वार्षिकोत्सव कार्यक्रमको पूर्वसन्ध्यामा आयोजित कविता महोत्सवमा उनले यस्तो धारणा राखेका हुन्। उनले ज्ञान तथा साहित्य कलालाई पछिल्लो समय विकास भएका आधुनिक ज्ञान र चिन्तनका सापेक्षतामा विकास गर्दै अघि बढ्नसके मात्रै अपेक्षित सफलता हासिल गर्न सकिने बताए।

प्रधानमन्त्री प्रचण्डले अबको अनुसन्धान तथा सिर्जना परम्परा धान्नमा सिमित हुन नहुने भन्दै सामाजिक संरचना, राजनीतिक व्यवस्थामा भएको परिवर्तनलाई संस्थागत गर्न सोहीअनुसारको सांस्कृतिक रुपान्तरण अभियान अघि आउन जरुरी रहेको औंल्याए।

‘अबको सिर्जना, अबको अनुसन्धान केवल परम्परा धान्नेमा मात्रै सिमित हुनु हुँदैन । यथास्थितिवादी सौन्दर्य चेतनाले मात्रै अब पुग्ने स्थिति पनि छैन। आज नेपाली समाजको सामाजिक संरचना र राजनीतिक व्यवस्थामा परिवर्तन आएको छ । सामाजिक संरचना, राजनीतिक व्यवस्थामा भएको परिवर्तनलाई संस्थागत गर्न सोहीअनुसारको सांस्कृतिक रुपान्तरण अभियान अघि आउन जरुरी छ,’ उनले भने।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्ति सच्याउने विषयमा रुलिङ नगरेको भनेर विपक्षी दलहरूले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय