"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोडको [बजेट पूर्णपाठ]

प्रकाशित मिति :  25 June, 2023 3:00 pm


काठमाडौं महानगरपालिकाले २५ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याएको छ। आइतबार राष्ट्रिय सभा गृहमा महानगरले २५ अर्ब ५४ करोड रुपैयाँको बजेट महानगरकी उपप्रमुख सुनिता डंगोलले प्रस्तुत गरेकी हुन्। 

महानगरले संघीय सरकार र प्रदेश सरकारको सशर्त अनुदानबाट १ अर्ब ४५ करोड ६२ लाख, निशर्त अनुदानबाट ८९ करोड ३६ लाख, आन्तरिक आयबाट ६ अर्ब ३९ करोड प्राप्त हुने उपप्रमुख डंगोलले बताइन्। उनका अनुसार राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड र सामाजिक सुरक्षा र जग्गा एकीकरणबाट २ अर्ब हुनेछ।  यस्तै, १० वटा महानगर गौरवको योजनाका लागि ३ अर्ब ८० करोड विनियोजन गरिएको छ।

त्यस्तै, २५ वटा महानगर स्वर्णिम योजनाका लागि २ अर्ब विनियोजन गरिएको छ। महानगरले आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै बजेट शिक्षा क्षेत्रमा छुट्याएको छ। शिक्षाका लागि महानगरले ७ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ।

२०७९/८० मा २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट विनियोजन भएको थियो। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराको ठेक्का सूचना लुकाएर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर