"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अख्तियारले लियो जलहरीको तौल, परीक्षण प्रतिवेदन तयारीमा

प्रकाशित मिति :  26 June, 2023 12:43 pm


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीको नापजाँच गरेको छ। जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको उजुरी परेपछि छानबिनका लागि अख्तियारको टोली आइतबार दिउँसो पशुपतिनाथ मन्दिर पुगेको हो।

अनुसन्धानको नियमित प्रक्रियाअनुसार जलहरीको तौल लिइएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए। ‘टोलीले छानबिन गरेर त्यसको रिपोर्ट तयार गर्छ। पशुपतिमा जलहरीको विषयमा उजुरी परेको थियो। त्यसकै विषयमा थप अनुसन्धान आज भएको हो,’ उनले भने। अख्तियारको टोलीले जलहरीको तौल लिने भएपछि पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनलाई जान रोक लगाइएको थियो।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सरकारको पालामा पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्न सरकारले नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड १ सय ११ हजारमा किनेको थियो।

उक्त सुनमा तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक १२.७५ ग्राम प्रयोग गरेपछि जलहरीको तौल १०७ किलो ९२४.७५ ग्राम कायम गरिएको थियो। सुन खरिदमा घोटाला भएको हुन सक्ने भन्दै उजुरी परेपछि अख्तियारले यसबारे अनुसन्धान सुरु गरेको हो। यो विषय संसद्‌मा पनि उठेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्