"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अख्तियारले लियो जलहरीको तौल, परीक्षण प्रतिवेदन तयारीमा

प्रकाशित मिति :  26 June, 2023 12:43 pm


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीको नापजाँच गरेको छ। जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको उजुरी परेपछि छानबिनका लागि अख्तियारको टोली आइतबार दिउँसो पशुपतिनाथ मन्दिर पुगेको हो।

अनुसन्धानको नियमित प्रक्रियाअनुसार जलहरीको तौल लिइएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए। ‘टोलीले छानबिन गरेर त्यसको रिपोर्ट तयार गर्छ। पशुपतिमा जलहरीको विषयमा उजुरी परेको थियो। त्यसकै विषयमा थप अनुसन्धान आज भएको हो,’ उनले भने। अख्तियारको टोलीले जलहरीको तौल लिने भएपछि पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनलाई जान रोक लगाइएको थियो।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सरकारको पालामा पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्न सरकारले नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड १ सय ११ हजारमा किनेको थियो।

उक्त सुनमा तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक १२.७५ ग्राम प्रयोग गरेपछि जलहरीको तौल १०७ किलो ९२४.७५ ग्राम कायम गरिएको थियो। सुन खरिदमा घोटाला भएको हुन सक्ने भन्दै उजुरी परेपछि अख्तियारले यसबारे अनुसन्धान सुरु गरेको हो। यो विषय संसद्‌मा पनि उठेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको