"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पशुपतिको जलहरी प्रकरण : संसदीय समितिले छानबिन गर्नुपर्ने सत्तारुढ सांसदको माग

प्रकाशित मिति :  26 June, 2023 1:01 pm


काठमाडौँ । पशुपतिको जलहरी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने सत्तारुढ दलका सांसदले माग गरेका छन् । सत्तारुढ दलका सांसदहरूले पशुपतिको जलहरी प्रकरणबाट संसद्मा सत्यतथ्य कुराको जानकारी हुनुपर्ने माग गरेका हुन् । 

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल र सरकारमा रहेको सबैभन्दा ठूलो दल कांग्रेसका सांसद प्रदीप पौडेलले पशुपतिको जलहरीमा राखिएको सुनबारे सत्यतथ्य पत्ता लगाएर संसद्‌मा जानकारी हुनुपर्ने माग गरेका हुन् । सांसद प्रदीप पौडेलले पशुपतिको जलहरी प्रकरणको छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद प्रदीप पौडेलले भने, ‘उजुरी परेको दुई वर्षपछि बल्ल अख्तियारले छानबिन गरेको छ । महाखेलापरीक्षकको प्रतिवेदनमा प्रस्ट आएको विषयलाई अख्तियारले यति ढिलो गरी छानबिन किन गर्‍यो ? यसको निर्णय प्रक्रिया र कार्यान्वयनका सन्दर्भमा थुप्रै विषय जोडिएका छन्, टीकाटिप्पणीको रूपमा आएका छन् । यसको छानबिनका निम्ति संसद्ले छानबिन समिति बनाओस् र यसले निष्पक्ष छानबिन हुने स्थिति निर्माण होस् ।’

संसद्‌मा यसअघि पशुपतिनाथको जलहरीमा भएको अनियमितताबारे सांसदले बोल्दा रेकर्डबाट हटाउन लगाएको कुराले पनि आमसर्वसाधारणमा सही सन्देश नगएको कांग्रेस सांसद पौडेलको भनाइ थियो । ‘केही दिनअघि यहि सदनमा एक जना माननीयले पशुपतिनाथको मन्दिरमा राखिएको जलहरी सम्बन्धमा कुरा उठाउँदा त्यसलाई रेकर्डबाट हटाइयो । मेरो विचारमा यसबाट संसद्ले त्यस विषयलाई ढाकछोप गर्न खोजेको सन्देश गएको छ,’ उनले भने ।

माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी लगाउने क्रममा अनियमितता भएको कुरा राखेका थिए । महालेखा परीक्षकको प्रतिवेदन उल्लेख गर्दै राखेको विषयलाई लिएर प्रमुख प्रतिपक्षी एमालेले संसद् बैठक अवरोध गरेको थियो । त्यसपछि छानबिनको चरणमा रहेको विषय भन्दै नीति तथा कार्यक्रम पारित गर्ने क्रममा संसद् अवरोध नहोस् भनेर सत्तापक्ष र प्रतिपक्षबीच सांसद दाहालले बोलेको विषय हटाउने सहमति भएको थियो । त्यसपछि सभामुख देवराज घिमिरेले सांसद दाहालले बोलेका कुरा संसद्को रेकर्डबाट हटाउन लगाएका थिए ।

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका सचिवसमेत रहेका सांसद देवेन्द्र पौडेलले पशुपतिको जलहरीबारे सत्यतथ्य जान्ने अधिकार संसद्को रहेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद पौडेलले भने, ‘जलहरीको बारेमा यो सदनमा व्यापक चर्चा भयो । भएको के हो ? त्यहाँ आज पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी, सुरक्षा निकाय, सुनचाँदी व्यवसायी संघ, पुरातत्व विभाग, खानी तथा भूगर्भ विभाग र जनप्रतिनिधिहरूले सुनको खोजी गरेर जोख्दै हुनुहुन्छ । कति सुन हराएको हो ? कति सुनबाँकी छ के स्थिति हो ? यो कुनै ट्रकमा ल्याएको सामग्री जोख्ने कुरा होइन । सदनमा गम्भीरतापूर्वक विषय उठेको हुँदा सत्यतथ्य जानकारी गराउनका निम्ति सम्बन्धित निकायसँग माग गर्दछु ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्ति सच्याउने विषयमा रुलिङ नगरेको भनेर विपक्षी दलहरूले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय