"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रिय स्वतन्त्र पार्टीले ७७ जिल्लामा तोक्यो सम्पर्क सांसद

प्रकाशित मिति :  29 June, 2023 1:00 pm


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सबै जिल्लाका लागि सम्पर्क सांसद तोकेको छ । ७७ वटै जिल्ला लागि सम्पर्क सांसद हुने गरी जिम्मेवारी दिइएको छ । नागरिकले आफ्ना समस्या तथा संसदमा उठाउनुपर्ने मुद्दाका विषयमा सम्बन्धित सांसदलाई सिधा सम्पर्क गर्न सक्नेछन् ।

नीतिगत सुधार र जनसवालका विषयमा हाम्रा सांसदहरुसँग देशभरका सचेत नागरिकहरुले सिधा सम्पर्क गरी आफ्नो आवाज संसद्सम्म बुलंद गर्न’ सम्पर्क सांसद तोकिएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

आम आवाजलाई नीतिमा समेट्न, अब्बल नीति बनाउन र त्यसको कार्यान्वयनमार्फत् मुलुकको अवस्था बदल्नका लागि सांसदहरुलाई विभिन्न जिल्लाको सम्पर्क सांसदको जिम्मेवारी तोकिएको सहमहामन्त्री बुर्लाकोटीले जानकारी दिए ।

सभापति रवि लामिछानेलाई भने कुनै पनि जिल्ला तोकिएको छैन । जिम्मेवारी दिने क्रममा सांसदको गृह जिल्लामा अन्य थपेर बाँडफाँट गरिएको छ ।

सांसदलाई नागरिकले सीधा सम्पर्क गर्नसक्ने गरि नम्बर समेत उपलब्ध गराइएको छ ।

तोकिएको जिल्ला

१. रवि लामिछाने-९८५१३६०५५५ सभापति : संसदीय दलको नेता

२. डोलप्रसाद अर्याल-९८५१३३६७७४ ट : बारा, धादिङ, कञ्चनपुर, कैलाली

३. विराजभक्त श्रेष्ठ-९८६७४३७६०८ : गुल्मी, दार्चुला, अछाम, पाल्पा

४. सन्तोष परियार-९८५११४५०२२ : भक्तपुर, अर्घाखाँची, दैलेख, बाजुरा

५. निशा डाँगी-९८६०१५१२४७ : झापा, मोरङ, इलाम, सल्यान

६. मनिष झा – ९८५१०७३७७५ : धनुषा, रौतहट, रुपन्देही, बझाङ

७. गणेश पराजुली -९८५१०३९५६४ : ओखलढुङ्गा, खोटाङ, सिराहा, डडेलधुरा

८. सोबिता गौतम -९८६०६६०८२७  ; दोलखा, रामेछाप, सिन्धुपाल्चोक, जाजरकोट

९. सुमना श्रेष्ठ-९८०१०८३५५२ : रसुवा, काठमाडौं, रुकुम (पूर्व), रुकुम (पश्चिम)

१०. डा. तोसिमा कार्की ९८४३२६७९६० ताप्लेजुङ, पाँचथर, डोटी, ललितपुर

११. शिशिर खनाल- ९८५१२३४५६२ : रोल्पा, दाङ, सर्लाही, सप्तरी

१२. हरि ढकाल – ९८५११६४१६८ : सोलुखुम्बु, चितवन, नवलपुर, उदयपुर

१३. डा.स्वर्णिम  वाग्ले – ९८५५०६६१०७ : गोरखा, पर्सा, बैतडी, तनहुँ

१४. डा.चन्दा कार्की- ९८५१०२६७९३ : भोजपुर, सिन्धुली, मनाङ, महोत्तरी

१५. असिम शाह – ९८५१०९०४९३ : काभ्रेपलाञ्चोक, नुवाकोट, मुस्ताङ, कपिलवस्तु,

१६. लक्ष्मी तिवारी -९८५८०२३२८० : प्युठान, परासी, बर्दिया, बाँके,

१७. अशोक कुमार चौधरी- ९८०४३२८००५ : धनकुटा, तेह्रथुम, संखुवासभा, सुनसरी

१८. शिव नेपाली-९८५६०४४३७१ : लमजुङ, म्याग्दी, पर्वत, कास्की,

१९. बिनिता कठायत-९८४०८४०७४६ : जुम्ला, कालीकोट, मुगु, हुम्ला, सुर्खेत, डोल्पा

२०. विन्दबासिनी कांसकार- ९८४२०९६९४३ : स्याङ्जा, बाग्लुङ, मकवानपुर



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा