"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री सहित मुख्यमन्त्रीहरुको दोस्रो भेला आज पोखरामा बस्दै

प्रकाशित मिति :  30 June, 2023 12:13 pm


काठमाडौँ । संघीयता कार्यान्वयनका विषयमा छलफल गर्न पोखरामा आज मुख्यमन्त्रीहरुको भेला हुँदैछ। भेलाका लागि कोशीबाहेक ६ वटा प्रदेशका मुख्यमन्त्री पोखरा आइसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ। दोस्रो पटक हुन लागेको मुख्यमन्त्री भेलामा उपस्थित ६ वटै प्रदेशका मुख्यमन्त्रीले संघीयता कार्यान्वयनका विषयमा आ–आफ्ना अनुभव बाँड्नेछन्। सरकारले संविधान अनुसार प्रदेशलाई अधिकार नदिँदा काम गर्न नपाएको मुख्यमन्त्रीहरुले गुनासो गर्दै आएका छन्।

भेलाको उद्घाटन प्रधानमन्त्री प्रचण्डले गर्ने कार्यक्रम छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विहिबार प्रदेश सभामा पेश गरेको विश्वको मत सम्बन्धी प्रस्तावमा आज मतविभाजन हुने भएकाले आउन नपाएको मुख्यमन्त्री कार्यालयले जनाएको छ। बाँकी ६ वटै प्रदेशका मुख्यमन्त्री र मुख्य सचिव पोखरा भेलामा उपस्थित हुने गण्डकी सरकारका प्रवक्ता एवं उर्जामन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिइन्।

यसअघि पहिलो पटक मुख्यमन्त्री भेला पनि पोखरामै भएको थियो। गण्डकीको पहिलो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २०७५ भदौ २१ गते पहिलो मुख्यमन्त्री भेला डाकेका थिए। उक्त भेलामा उपस्थित मुख्यमन्त्रीहरुले संविधान अनुसार अधिकार बाँडफाँडमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली अनुदार बनेको भन्दै आलोचना गरेका थिए।

पहिलो मुख्यमन्त्री भेलाले संविधान अनुसार प्रदेशले अधिकार पाउनुपर्ने भन्दै ११ बुँदे घोषणा पत्र जारी गरेको थियो। मुख्यमन्त्री भेला गरेर आफ्नो आलोचना गरेको भन्दै तत्कालीन प्रधानमन्त्री ओलीले मिति तय भइसकेको अन्तर प्रदेश समन्वय परिषदको बैठक स्थगित गरेका थिए भने मुख्यमन्त्रीहरुलाई भेट दिन अस्विकार गरेका थिए।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दोस्रो मुख्यमन्त्री भेला जेठ १० गतेका लागि आयोजना गरेका थिए। त्यतिबेला प्रधानमन्त्री प्रचण्ड उपस्थित हुन नभ्याउने भन्दै स्थगित गरिएको थियो।

पोखरामा शुक्रबार हुन लागेको भेला पश्चात शनिबार अन्तर प्रदेश समन्वय परिषदको बैठकसमेत बस्दैछ। प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने अन्तर प्रदेश समन्वय परिषदमा मुख्यमन्त्रीहरु सदस्य रहनेछन्। मुख्यमन्त्री भेलाले निकालेका निष्कर्षका आधारमा परिषद बैठकमा छलफल हुने मुख्यमन्त्री पाण्डेको सचिवालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता