"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सत्ता संघर्षकाविच एमाले संघ र प्रदेश दुवै सरकारमा प्रतिपक्षी

प्रकाशित मिति :  30 June, 2023 3:06 pm


काठमाडौँ । आज शुक्रबार कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएसँगै आफ्नो बहुमत हुँदा पनि नेकपा एमालेले चारवटा प्रदेश सरकारको नेतृत्व गुमाएको छ। पुस २४ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त कार्कीले विश्वासको मत नपाएपछि एमाले संघ सरकारसँगै र सबै प्रदेश सरकारमा विपक्षी दलको हैसियतमा पुगेको हो।

संघमा माओवादीसँग गठबन्धन बनाएर माओवादीकै नेतृत्वमा सरकार बनाएर सरकारमा सहभागी भए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको त्यो राजनीति धेरै टिकेन। उनले माओवादीलाई कांग्रेससहितको गठबन्धनबाट फुटाएर ल्याएका थिए।

०७९ पुस १० मा एमाले र माओवादीसहितको गठबन्धन फागुन २५ मा भएको राष्ट्रपति निर्वाचनसम्म पनि टिकेन। माओवादीसँग गठबन्धन गर्दा एमालेले राष्ट्रपति पाउने सहमति भएको थियो। तर मंसिर ४ को चुनावअघिकै गठबन्धनमा फिर्ता हुने निर्णय माओवादीले गरेपछि राष्ट्रपति कांग्रेसले पायो। सोहीअनुसार अहिले रामचन्द्र पौडेल राष्ट्रपति छन्।

केन्द्रको समीकरण फरक गठबन्धनको बनेपछि एमालेले गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकार गुमायो। लुम्बिनीमा ‍नेपाली कांग्रेसका डिल्ली चौधरी, गण्डकीमा पनि कांग्रेसकै सुरेन्द्र पाण्डे मुख्यमन्त्री छन् भने सुदूरपश्चिममा पनि कांग्रेसकै कमल शाह मुख्यमन्त्री बनेका छन्।

केन्द्रमा एमाले फागुन १५ गतेसम्म सरकारमा सहभागी थियो। गठबन्धन फेरिएपछि सरकारबाट बाहिरियो। ९ मन्त्री लिएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी भएको एमाले दुई महिनामै प्रतिपक्षी दल बनेको थियो।

गण्डकीमा खगराज अधिकारी, लुम्बिनीमा लीला गिरि र सुदूरपश्चिममा राजेन्द्र रावलले पनि सरकार नेतृत्व गरेको केही महिनामै बाहिरिनु पर्‍यो।

केन्द्रको समीकरण फरक बने पनि प्रदेश १ मा भने कार्की नेतृत्वको सरकार अहिलेसम्म टिकिरहेको थियो। नयाँ बजेट ल्याउन नपाउँदै माओवादी र जसपाले समर्थन फिर्ता लिएपछि उनी अल्पमत परे। अल्पमतमा परेपछि संविधानअनुसार प्रदेशसभामा विश्वासको मत मागे तर पाएनन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – स्थानीय तह र प्रदेशमा ३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त भएको छ । प्रतिनिधिसभा सदस्यको चुनाव लड्न स्थानीय

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन